back
CTIZAN AD

आज चैत ३१ गते, आइतवारको राशिफल भन्छ यी ७ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८१ चैत ३१ आइतवार

447 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। तर छिद्र खोतल्नेहरू प्रशस्तै हुनेछन्। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। सोखले बढी खर्च गराउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ। दीर्घकालीन महत्त्वका काममा निर्णय लिनुअघि सोचविचार गर्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। कार्यक्षेत्रमा केही वादविवाद हुन सक्छ। सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा गोपनीयतामा ध्यान दिनुहोला। दिन केही खर्चिलो रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। खानपानको सोखले स्वास्थ्य भने प्रतिकूल बन्न सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्चिलो समय रहेकाले रकम जोगाउन प्रयास गर्नुहोला। आर्थिक प्रलोभन देखाउनेहरूबाट पनि सजग रहनुहोला। दिगो योजनाका लागि काम थाल्ने समय छ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अरूको वस्तुमा लालच गर्दा आफ्नै धनमाल गुम्न सक्छ। बनिसकेको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने समय छ। भाग्यले कीर्तिमानी काम गर्ने अवसर दिलाउन सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। लेनदेनमा विवाद हुन सक्छ।

२०८१ चैत ३१ गते, आइतवार, (१३ अप्रिल २०२५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८१ चैत ३१ आइतवार ०६:५७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...