काठमाडौँ । नेपालका लागि २०८१ खासै सहज भएन । यो साल नेपालमा ठूला ठूला अप्रत्यासित घटना घटेका छन् । करिब दुई दशक यता यो वर्ष अपत्यारिलो घटनादेखि दैविक प्रकोपले ठुलोधनजनको क्षति भयो । समग्रमा हेर्दा नेपालीका लागि यो वर्ष खासै उत्साहजनक रहेन । तर, प्रचण्ड सरकारमा रहँदा शुशासन सम्बन्धी उत्साहजनक कामको थालनी भएपनि त्यो टिक्न सकेन । यहाँ नेपालमा घटेका केही प्रतिनिधिमुलक घटनाक्रम प्रस्तुत गरिएको छ ।
मूख्य घट्नाहरु …
१, शुसासन थाल्ने सरकार ढल्यो
यो वर्षको तस्रो महिना अर्थात असारको १७ गते मध्ये रातमा नै प्रचण्ड नेतृत्वको पुराने सरकार ढलेर राता रात नयाँ सरकार बनेको थियो । व्यावसायी रामेश्वर थापाको निजी निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापती शेरबहादुर देउवाबिच सात बुदे सहमतीले सत्ता पल्टिएको थियो ।
प्रचण्डले शुसासनको क्षेत्रमा राम्रो काम गरेको भन्दै जनताबाट वावा पाउन थालेका थिए । प्रचण्ड नेतृत्वको सरकार ढलेपछि विभिन्न विपक्ष पार्टीका नेताहरुले संसद अवरुध गरेका थिए । व्यवसायीको घरमा भएको सहमतीलाई विपक्ष पार्टीले ठाडै अस्विकार गरेको थियो । उक्त बिरोधलाई अध्यक्ष ओली र सभापती देउवाले पचाएर सांसदहरुको बहुमतले ओलीलाई प्रधानमन्त्री बनाएरै छाडे ।
२, सिमलताल बस दुर्घटना
२०८१ असार २८ गते चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको बस दुर्घटना नेपालका लागि एक गम्भीर त्रासदी थियो । उक्त दिन बिहान ३ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाँदा दुईवटा डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । यी बसहरूमा जम्मा ६५ जना यात्रु सवार थिए । ६५ जना यात्रु सवार रहेको बसबाट ३ जना यात्रुले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । मृत्यु र बेपत्ताः कम्तीमा २४ जनाको शव फेला परेको छ । जसमा १९ जनाको सनाखत भएको छ । अझै पनि ३८ जना बेपत्ता छन् ।
दुर्घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल, र स्थानीय प्रशासनले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरे । साथै भारतीय टोली समेत खोजी कार्यमा सहभागी भएका थिए । हालसम्म बसहरू फेला परेका छैनन ।
३ दशैँकाो मुखैमा बाढी पहिराको वितण्डा
यसवर्षको बाढी पहिरोले पनि नेपाली जनतालाई सुकुनको श्वास फेर्न भने दिएको थिएन । वर्षयाम सकेर हिउँदो यामको मुखमै आएर बाढी पहिरले वितण्डा मच्चाउको थियो । देशका अधिकाश भेगमा बाढीले तहस नहस गर्नुका साथै मानिसको सम्म मृत्यु भएको थिए । राजधनीमा समेत बाढीले थुप्रै असर गरको थियो ।
सरकारी निकाएका अनुसार उक्त बाढी पहिरोले करिब १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिउको थियो ।
४ रवि लामिछानेमाथि अनुसन्धान/पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूवृ गृहमन्त्रीसमेत रहेको रवी लामिछाने दुई पटक पक्राउ परे । सभापती लामिछानेलाई नक्कली भिसा काण्ड र सहकारी मुद्दामा अनुसन्धानको दायरामा ल्याइएको थियो ।
एमाले साँसद थापाको नेतृत्वामा संसदीय छानबिनका आधारमा र अदालतमा परेको रिटको आधारमा उनलाई पहिलो पटक कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । रवि लामिछाने कात्तिक २ गते पक्राउ परेपछि ८४ दिन हिरासतमा बसेका थिए । पुस २५ गते कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी पुस २६ गते साँझ थुनामुक्त भएका हुन् ।
हालै, २०८१ साल चैत्र २४ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । त्यसपछि उनलाई रूपन्देही जिल्ला अदालतमा पेस गरी कारागार चलान गरिएको हो । अहिले पनि उनी हिरासतमै रहेका छन् ।
५, कुलमानलाई विदाइ हितमानलाई स्वागत
विगत आठ वर्षदेखि जनताबाट लोकप्रियता कमाएका कुलमान घिसिङलाई प्राधिकरण प्रमुख पदबाट हटाएर हितेन्द्र शाक्य नियुक्ति गरेका थियो । कुलामा
यस निर्णयले सामाजिक सञ्जालमा चर्को आलोचना पाउनुका साथै युवाहरु आन्दोलनमा चर्केका पनि थिए ।
६, राजावादीको हिंसात्मक आन्दोलन, दुईको मृत्यु
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सक्रिय गराउने प्रयासस्वरूप देशका विभिन्न भागमा राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुले २०८१ चैत्र ज्ञछ गते विभिन्न ठाउँमा आन्दोलन गरेका थिए । सो आन्दोलनमा दूई जना मान्छेको मृत्यु भएको थियो । मृत्यु हुनेमा एबि न्युजका पत्रकार सुरेस रजक र ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो ।
तीनकुनेमा रहेको घरमा आगो लागि, भाभटेनीमा लुटपाट, विभन्न स्थानमा निजी तथा सार्वजानिक सवारी साधनमा आगो लागि र जडीबुटी प्रशेधन तथा उत्पादन क्षेत्रमा राजावादीले आगो लगाएको थियो । साथै यो वर्षको सबैभन्द चर्चामा आएको विषयको रुपमा पनी यसलाई लिन सकिन्छ ।
अन्य घटनाहरु..
१ असार, साउन र असोज महिनामा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्ययो । ५,९९६ घर पूर्ण रूपमा र १३,०४९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका थिए ।
२ काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर उच्च रहेका थियो ।
३ नेपालले टि–२० विश्वकपमा सहभागिता जनायो, जसले क्रिकेटप्रति जनचासो बढायो ।
४ कामी रिता शेर्पाले ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरिन् ।
५ शिक्षकहरूले आफ्ना मागहरू लिएर आन्दोलन गरेका थिए र गरिरहेका छन् ।
६ गायिका एलिना चौहानको विवाह र त्यसपछिको डिभोर्सले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो ।
वि.सं.२०८१ चैत ३१ आइतवार १८:४५ मा प्रकाशित






























