back

मालदिभ्सले पुस्तागत प्रतिबन्धसहित धुम्रपान चरणबद्ध रूपमा बन्द गर्ने

वि.सं.२०८२ वैशाख १ सोमवार

195 

shares
GLOBAL IME AD
NTC AD

माले । मालदिभ्सले यस वर्ष दक्षिण एसियाली विलासी पर्यटक द्वीपसमूहमा धुम्रपानलाई निषेध गर्ने प्रयास गर्नेछ र हाल १९ वर्षमुनिका कसैलाई पनि कहिल्यै चुरोट किन्न अवैध बनाउने प्रतिबन्ध लगाइनेछ ।

प्रस्तावित कानूनले सन् २००७ जनवरीपछि जन्मिएका व्यक्तिहरूलाई सुर्तीजन्य उत्पादनहरूको बिक्री निषेध गर्नेछ । यसले भविष्यका पुस्ताहरूका लागि धुम्रपानलाई प्रभावकारी रूपमा चरणबद्ध रूपमा हटाउनेछ ।

“नयाँ कानून सन् २०२५ नोभेम्बर १ देखि लागू हुनेछ”, राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले आइतवार मन्त्रिमण्डलको बैठकपछि जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

नयाँ कानून उल्लङ्घन गर्नेका लागि जरिवानाहरू तत्काल घोषणा गरिएको थिएन तर अधिकारीहरूले नयाँ कानूनसँग मिल्ने गरी विद्यमान सुर्ती नियन्त्रण कानूनहरू संशोधन गर्न काम गरिरहेको बताएका छन् ।

बेलायतमा प्रस्तावित यस्तै कानून अझै विधायी प्रक्रियामा छ भने धुम्रपानविरुद्ध पुस्तागत कानून लागू गर्ने पहिलो देश न्युजिल्यान्डमा सन् २०२३ नोभेम्बरमा यो पेश भएको एक वर्षभन्दा कम समयमा यसलाई खारेज गरिएको थियो ।

माल्दिभ्सले नोभेम्बरमा धुम्रपानको कानूनी उमेर १८ बाट बढाएर २१ बनायो र ई–सिगरेट र भ्यापिङ उपकरणहरूको आयातमा प्रतिबन्ध लगायो । यी नीतिहरू पर्यटकहरूमा पनि लागू हुनेछ । एएफपी/फाइल फोटो

वि.सं.२०८२ वैशाख १ सोमवार १५:०७ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...