back
CTIZAN AD

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वि.सं.२०८२ वैशाख ४ बिहीवार

714 

shares

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीचको विवादले गत शनिवारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ ।

वीरगञ्जमा सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो ।

बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक सङ्घसंस्था, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्तिसुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गर्नुभएका सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

वीरगञ्जलाई गत चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उनले गत सोमवारदेखि जुलुस, प्रदर्शन लगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिए ।रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:१४ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...