back
CTIZAN AD

बैंकहरुको नाफा ४१ अर्ब बढी, नम्बर वानमा नबिल

वि.सं.२०८२ वैशाख ७ आइतवार

2.3K 

shares

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंक नाफा चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजानिक गरेको विविरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन सफल भएको सो विवरणले देखाएको हो ।

गत वर्षको तुलनामा बैंकहरुले आर्जन गरेको नाफा १.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये ११ बैंकको नाफा बढेको छ भने अरु नौ वटा बैंकको नाफा घटेको छ ।

सधैझै सबैभन्दा बढी नाफा आर्जन गरी नविल बैंक अग्रपंक्तिमा रहेको छ । उक्त त्रैमासिकमा नविल बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड नाफा कमाएको थियो । जुन गतवर्षको तुलनामा ८.२१ प्रतिशतले बढेको हो ।

नविललाई पछ्याउदै दोस्रो नम्बरमो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । नविल बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको तुलनमा नाफा ३८.६१ प्रतिशतले बढी हो ।

त्यस्तै तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड आर्जन गरेको छ । गत वर्षको तुलनमा नाफा ३८.६१ प्रतिशतले बढी हो ।
चौथो नम्बरमा रहेको एभरेष्ट बैंक जस्ले ३ अर्ब ४५ करोठ ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो ।

समिक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने नेपाल बैंक रहेको छ । नाफा कमाउनेको सुचीमा पाँचौ स्थानमा नेपाल बैंक रहेको हो । यसअवधिमा बैंकको नाफा २०३२ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ ।

तेस्रो त्रैमाससम्मको अवधिमा एनएमबि बैंकको ५.८८ प्रतिशतले नाफा वृद्धि भई २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

प्राइम बैंकको नाफा भने २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड रुपैयाा आइपुगेको हो । साथै स्टान्डर्ड चार्टड बैंकको ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड रुपैयाँ नाफा पुगेको छ ।

समिक्षा अवधिमा प्रभु बैंकको ३.५१ प्रतिशतले नाफा बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

यता, कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड, सिद्धार्थ बैंकको०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड, सानिमा बैंकको १४.८० प्रतिशतले बढेर १ अर्ब ६५ करोड, लक्ष्मी सनराइज बैंकको २.२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड र राष्ट्रिय वाणिज्य बैंकको ४९.२९ प्रतिशतले घटेर १ अर्ब २० करोड पुगेको छ ।

साथै, नेपाल एसबिआई बैंकको १ अर्ब २० करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १० करोड, सिटिजन्स बैंकको ९६ करोड १८ लाख, हिमालयन बैंकको ५० करोड, कुमारी बैंकको २८ करोड र एनआईसी एशिया बैंकको १५ करोड रुपैयाँ नाफा रहेको छ ।

 

 

 

वि.सं.२०८२ वैशाख ७ आइतवार १३:४६ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...