back
CTIZAN AD

संरक्षणको पर्खाइमा सेकुङ ताल

वि.सं.२०८२ वैशाख ८ सोमवार

741 

shares
मुस्ताङ । यहाँको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।
धौलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी–जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।
थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिए । प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वद्र्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहेपनि गाउँपालिकाले त्यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । केही वर्षअघि भन्दा हाल सेकुङ तालमा पानीको सतह आधा भन्दा धेरैले घटेको छ ।
सेकुङ तालसम्म जोड्ने गरी बेनी–जोमसोम राष्ट्रिय राजमार्ग सडक निर्माण गरिएपनि कतिपय स्थानमा सडक जीर्ण हुँदा तालसम्म पुग्न सवारी साधनलाई कठिन छ । सङ्घीय सरकारले सेकुङ ताल जोड्ने कच्ची सडक विस्तार गरेपनि आवश्यक स्तरोन्नति गर्न सकेको छैन ।
थासाङको सेकुङ ताल संरक्षणका लागि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले केही वर्ष अघि बाँध निर्माण गरेको थियो । तर, तालमा पानी जम्मा हुन सकेको छैन । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सेकुङ तालको चारैतिर छप्पनी ढुङ्गा राखेर पैदल बाटो निर्माण गरेको थियो । वडाध्यक्ष गौतम शेरचनले सेकुङ ताल अवलोकनका लागि आउने पर्यटकका लागि गाउँपालिकाले ठाँटी निर्माणका साथै शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको जानकारी दिए ।
सेकुङ तालमा निलगिरि हिमालको प्रतिबिम्व देख्न सकिन्छ । सेकुङ ताल पर्यटकीय मात्रै नभएर धार्मिक रुपमा पनि महत्त्वपूर्ण रहेको सो वडाका वडाध्यक्ष गौतम शेरचनको भनाइ छ । तालमा सदिँयौँदेखि स्थानीयले प्रकृति पूजा गर्दै आइरहेका छन् । बर्सेनि सेकुङ तालमा हिमपहिरोको जोखिम हुने, बाढी पहिरो र सुख्खा खडेरी हुँदा सेकुङ तालमा धार्मिक पूजा गर्ने प्रचलन विद्यमान रहेको वडाध्यक्ष शेरचनले बताए ।
यस ताल क्षेत्र वन्यजन्तु र विभिन्न पक्षीको क्रिडास्थल पनि हो । यहाँ हिउँचितुवा, चितुवा, मृग, कस्तुरी, घोरल, थार, स्याल, बनबिरालो घोरललगायतका वन्यजन्तुको बासस्थान छ । ताल आसपासमा  डाँफे, मुनाल, कस्तुरी, कालिज, च्याखुरा र ठिकुरीलगायतका चराचुरुङ्गी पाइन्छन् ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिह लालचनले सेकुङ ताल पर्यटकीय तथा प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने सुझाव दिए । यसको सरक्षण, सम्वद्र्धन र प्रचार÷प्रसारमा ध्यान दिनसकेमा पर्यटकको सङ्ख्या वृद्धि हुने बताए । रासस

वि.सं.२०८२ वैशाख ८ सोमवार ०७:२४ मा प्रकाशित

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै...

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...