back
CTIZAN AD

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

वि.सं.२०८२ वैशाख ९ मंगलवार

699 

shares
गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्याबारे जानकारी गराउँदै यसको समाधानका लागि आग्रह गरिएको सङ्घका अध्यक्ष सुवेदीले बताए ।
पर्यटकीय राजधानीमा पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको अवस्थामा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा सामस्या परेको बताउँदै पर्यटकको बढी चहलपहल हुने लेकसाइड, ड्यामसाइडलगायत क्षेत्रमा खानेपानी प्राप्तिमा कठिनाइ हुनु दुःखद् भएको उल्लेख गरे । यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जानसक्नेतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।
“आन्तरिक तथा बाह्य पर्यटन आउने पोखराका होटलसहित अन्य व्यवसायीले सुक्खायामसँगै आवश्यकताअनुसार खानेपानीको उपयोग गर्न पाइरहेको अवस्था छैन”, सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, “होटल तथा पर्यटन व्यवसायीले दैनिकजसो बोरिङको पानी खरिद गरी पाहुनालाई सेवा दिनुपर्ने बाध्यात्मक परिस्थिति रहेको हुँदा पोखरा र पर्यटकको आवासीय क्षेत्र लेकसाइड, ड्यामसाइडमा नियमित रूपमा खानेपानीको व्यवस्था मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।”
सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेललगायतले खानेपानीको समस्यालाई तत्काल समाधान गर्न आग्रह गरे ।
संस्थान प्रमुख कार्कीले सन् २०१५ को पुरानो आयोजनाअनुसार अघि बढेको आयोजना भएकाले जाइकाले ल्याएको पानीले पनि पोखरेलीको आवश्यकता पूरा गर्न नसकिएको बताउँदै चुहावट र चोरीको समस्या रहेको बताए । उभोक्तालाई आवश्यकताअनुसारको पानी दिन पाए आफूहरूको पनि आम्दानी बढ्ने बताउँदै उनले सहज पानी आपूर्तिका प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०८२ वैशाख ९ मंगलवार ०७:४६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...