back
CTIZAN AD

कविता : हिंसा

वि.सं.२०८२ वैशाख २० शनिवार

900 

shares

कविराज घिमिरे, भक्तपुर

ती वक्ष द्योतक बने खुला छँदा
आधा छ वस्त्र तल नग्न सर्वदा
मुस्काउँदै तरुणको समीपमा
बन्छ्यौ तिमी अबुझ भै मनोरमा ।।१

त्यो बैँसको छटपटी उतारको
पोख्छ्यौ मजासँग कुरा जवानको
दिन्छ्यौ स्वयम् दिल उतै हतारिँदै
गछ्र्यौ विलाप पछि के रुँदै रुँदै ?२

रम्छ्यौ सधैँ युवकका अधीनमा
छछ्र्यौ बनी कुलतवान् कुबासना
देखिन्छ है अगतिलो जताततै
हिंसा भयो नभन झन् फसाँउँदै ।।३

आफैँ सहाय नबने कतै पनि
हिंसा हुँदैन बुझ यो जहाँ पनि
निम्त्याउने नगर है कुचाल यो
आचार होस् सुखदको फराकिलो ।।४

के हो सही गलत के निषेध के
साधारणी असल के विशेष के
जान्ने गरौँ उचित के सदा सदा
गल्ती नहोस् बुझ स्वयम् यथार्थता ।।५

छन्द : ललिता
गण सङ्केत : SSl – Sll – lSl – SlS

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:३८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...