कविराज घिमिरे, भक्तपुर
ती वक्ष द्योतक बने खुला छँदा
आधा छ वस्त्र तल नग्न सर्वदा
मुस्काउँदै तरुणको समीपमा
बन्छ्यौ तिमी अबुझ भै मनोरमा ।।१
त्यो बैँसको छटपटी उतारको
पोख्छ्यौ मजासँग कुरा जवानको
दिन्छ्यौ स्वयम् दिल उतै हतारिँदै
गछ्र्यौ विलाप पछि के रुँदै रुँदै ?२
रम्छ्यौ सधैँ युवकका अधीनमा
छछ्र्यौ बनी कुलतवान् कुबासना
देखिन्छ है अगतिलो जताततै
हिंसा भयो नभन झन् फसाँउँदै ।।३
आफैँ सहाय नबने कतै पनि
हिंसा हुँदैन बुझ यो जहाँ पनि
निम्त्याउने नगर है कुचाल यो
आचार होस् सुखदको फराकिलो ।।४
के हो सही गलत के निषेध के
साधारणी असल के विशेष के
जान्ने गरौँ उचित के सदा सदा
गल्ती नहोस् बुझ स्वयम् यथार्थता ।।५
छन्द : ललिता
गण सङ्केत : SSl – Sll – lSl – SlS
वि.सं.२०८२ वैशाख २० शनिवार ०९:३८ मा प्रकाशित






























