back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ वैशाख २० शनिवार

1K 

shares

ध्रुव श्रेष्ठ, खोटाङ

१.
ऊ आफैँ हराएर
उनलाई खोज्दै हिँड्यो
अति मन पराएर ।

२.
बैँसमा उसलाई पर्खियो
कुरा बुझेपछि बल्ल
यथार्थमा ऊ फर्कियो ।

३.
एउटा बहुला सपना
प्राप्तगर्न उसले
आजीवन ग¥यो जपना ।

४.
लेख्दैमा केही कुरा
कहाँ हुँदोरहेछ हजुर
जनताको माग पूरा ।

५.
देशले उज्यालो खोज्छ
उज्यालो दिने मान्छेलाई
पक्कै देशले रोज्छ ।

६.
म फूल होइन
काँडामा हुर्के पनि
कहिले साथी रोइन ।

७.
अत्तालिएर हिँड्दै जाँदा
पछुताएँ बल्ल म
जिन्दगीले ठक्कर खाँदा ।

८.
हिँडे उसलाई हेरेर
हाँस्दै ऊ तर्केपछि
आएँ बाटो फेरेर ।

९.
माया रोपेर हेर
खुसी फुल्छ सँधै
जाँदैन कहिले खेर ।

१०.
सम्झेर पुराना व्यथा
समर्पण गरेँ तिमीलाई
लेखे एउटा कथा ।

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:४२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...