back

चर्को शुल्क अशुल्दै महानगरका सामुदायीक विद्यालय, अभिभावकहरुले शुरु गरे आन्दोलन

वि.सं.२०८२ वैशाख २८ आइतवार

1.3K 

shares
IME Limited
NTC AD

काठमाडौं । देशको संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालीकाका सामुदायीक विद्यालयहरुले विद्यार्थी भर्नाको नाममा चर्को शुल्क अशुली रहेको पाईएको छ । संविधानमा आधारभूत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक शिक्षा कक्षा १२ सम्म निशुल्क भनिए पनि नयाँ शैक्षिक–सत्रको सुरुमा नै विद्यालयहरुले विद्यार्थीहरुबाट चर्को शुल्क लिएर विद्यार्थी भर्ना गरिरहेको पाइएको हो ।

विद्यालयहरूले चर्काे शुल्क अशुल्न थालेपछि अभिभावकहरू आन्दाेलित भएका छन् ।  विनाकारण विद्यार्थीहरुबाट चर्को शुल्क अशुल गरिएको भन्दै भानु माध्यामिक विद्यालय दरबार हाईस्कुलका अभिभावकहरु आन्दोलित भएका हुन् । उनीहरुले विद्याथीहरुबाट उठाईएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै महानगरपालिका शिक्षा विभागमा उजुरीसमेत दिएका छन् ।

शिक्षामा महानगरको १७ करोड ४० लाख बजेट विद्यालयले मागेनन्

बजेटका हिसाबले देशको सबैभन्दा बढी बजेट भएको स्थानिय तह काठमाडौं महानगरपालिका हाे । महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा सामुदायीक विद्यालय सञ्चाल आनुदान शिर्षकमा १७ करोड चालिस लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । यतिका रकम विनियोजन गरे पनि सामुदायीक विद्यालयहरुले एक रुपैंयाँ पनि रकम माग नगरेको महानगर स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार केही विद्यालयहरुले विद्यालय सन्चालनका लागि महानगरकाे शिक्षा विभागमार्फत माग गरे पनि  शिक्षा विभागका कर्मचारीहरुले चासो नदिँदा र सम्बन्धित ठाउँमा फाइल नपठाउँदा विद्यालयहरुले रकम प्राप्त गर्न सकेका छैनन् । महानगरमा हाल करिब ९० सामुदायीक विद्यालय छन् ।

“अहिले महानगरकाे शिक्षा विभागको प्रमुख गोविन्द प्रसाद शर्मा छन्, कुनै ठूलो निर्णय गर्नु पर्यो भने उनी बिदा बसिहाल्छन्” स्रोतले भन्यो । गत माघमा भ्रष्टाचारको आरोपमा महानगरका बर्तमान प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाईंलाई छानविन गएिको बेला शर्मा महानगरको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यतिबेला पनि स्वस्थ्यको कारण देखाउँदै उनले सो पदबाट राजीनामा दिएका थिए भने उनी लामो समय विदामा पनि बसेका थिए । यस सन्दर्भमा बुझ्न खोज्दा आइतबार पनि उनी बिदामा थिए भने उनको फोन स्विच अफ थियो ।

विद्यार्थीबाट उठाईएको रकम अपचलन हुने गरेको अभिभावकको आरोप

सामुदायीक विद्यालयहरुमा सहयोगको नाममा विद्यार्थीबाट उठाइने गरेकाे रकमको व्यापक दुरुपयो हुने गरेको अभिभावकहरुले आरोप लगाएका छन् । विद्यालयबाट प्राप्त  वित्तिय विवरणव अनुसार भानु माध्याकि विद्यालय दरबार हाईस्कूलको गत आर्थिक वर्षको मात्र चालिस लाख रूपैंयाँ भन्दाबढी नगद मौज्दात छ । तर, पनि विद्यालयले विद्यार्थीहरुबट चर्को शुल्क लिइरहेको छ । त्यतिमात्र होइन विद्यालयले त्यहाँ अध्ययनरत नियमित विद्यार्थीहरुलाई संघीय सरकारले निःशुल्क उपलब्ध गराउने पाठ्यपुस्तक पनि भर्ना नगरेको भन्दै उपलब्ध नगराएको एक अभिभावकले बताए । यस विषयमा बुझ्न विद्यालयकी सहायक प्रधानाध्यापक शारदा कुमारी पौडेल र सूचना अधिकारी दिपेन्द्र चौलागाईंलाई सम्पर्क गर्दा उनीहरुको फोन उठेन ।

महानगरले उपलब्ध गराउने बजेट तोकिएको शिर्षक भन्दा अन्यत्र खर्च गर्न नपाइने र अभिभावकबाट उठाइने गरेको रकम मनलाग्दी खर्च गर्न पाइने हुनाले विद्यालयहरुले अभिभावकहरुबाट शुल्क उठाउने गरेको विज्ञहरुको भनाइ छ । अर्कोतर्फ निजी विद्यालयमा चर्को शुल्क तिरिरहेका अभिभावकहरु तुलनात्मक रुपमा सस्तो भएको भन्दै सामूदायिक विद्यालयमा शुल्क तिर्न बाध्य छन् ।

आफ्नो माग पुरा गर्न शैक्षिक हड्तालकाे साहारा,  बालबालिकको पढ्न पाउने हक भने कुण्ठित गर्दै शिक्षक

चालु शैक्षिक सत्र २०८३ को सुरुमै आफ्नो माग पुरा गर्न शैक्षिक हड्तालमा उत्रिएका शिक्षकले आफ्नो माग पुरा गर्ने सम्झौता गरेर विद्यालय फर्किएपछि बालबलिकाले पढ्न पउने संबैधानिक अधिकारलाई भने कुण्ठित गर्न थालेका छन् । आइतबार पाँच वर्षदेखि निरन्तर अध्यायन गरिरहेको भानुमाध्यामिक बिद्यालय दरबार हाइस्कूले आफूलाई विद्यालयले पुस्तक नदिएको भन्दै विद्यालयबाट रुदै बच्चाले फोन गरेको एक अभिभावकले संसार न्यूजलाई बताए । विद्यालयका एक शिक्षकका अनुसार विद्यालयको लेखापाल र डिआई पदम बटलाले भर्ना नगरेको भन्दै बालबालिकालाई पुस्तक नदिइ मनाेवैज्ञानि दवाव दिइरहेका थिए ।

मेयरलाई असफल पार्न कांग्रेस एमालेका शिक्षकहरुको मोर्चाबन्दि

चालु आर्थिक वर्षको बजेटमा काठमाडौं महानगरपालिकका बर्तमान मेयर बालेन्द्र साहकै जोडबलमा महानगरले ठूलो रकम शिक्षामा छुट्याएको महानगर स्रोतले जानकारी दिएको छ । तर, महानगर भित्रका अधिकांस विद्यालयको प्रअ तथा शिक्षक संगठनहरूमा कांग्रेस एमाले निकटका शिक्षक संघ संगठनहरुको हालिमुहालि भएकोले स्वतन्त्रबाट जितेका लोकप्रिय मेयर बालेनको कार्यक्रमलाई असफल पार्न खोजिरहेको स्रोतले बताएको छ । तर, उनीहरुको यो प्रयासलाई असफल परिने र आम अभिभावकहरुलाई जानकारी गराइने स्रोतले संसार न्यूजलाई बतायाे ।

पुरानाे बसपार्कमा रहेकाे काठमाडाैं भ्यू टावरकाे नक्सापासकाे विषयमा महानगरमा कांग्रेस एमालेबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरू मेयर विरूद्ध माेर्चाबन्दीमा छन् । उनीहरूकाे माेर्चाबन्दीका कारण लामाे समयदेखी महानगर कार्यपालिका बैठकसमेत बस्न सकेकाे छैन् ।

अर्कोतर्फ सांघुरो संरचना र कक्षाकाेठा भएका विद्यालयहरुलेसमेत सटर बनाएर भाडा उठाँउँदै मनलाग्दि गर्ने गरेकाे तथा ती सटरहरूबाट हुने आम्दानी विवरणसमेत महानगरमा पेस नगरेकाे भन्दै  त्यस्ता सटरहरू महानगरले भत्काइदिएपछि कतिपय विद्यालयका प्रअहरू थप रुष्ट थिए । त्यसैको प्रतिशोध स्वरुप विद्यालयका शिक्षकहरू महानगरको योजनामा सहमत हुन नखोजेको स्रोतको भनाई छ ।

के भन्छन् भानु मावि रहेकाे वडाका अध्यक्ष खड्गी ?

देश कै पहिलाे विद्यालय भानु माध्यामिक विद्यालय दरबार हाइस्कूल रहेकाे काठमाडौं महानगरपालिका वाडा नं. २७ का वडा अध्यक्ष योगेश कुमार खड्गीले विद्यालयमा कर्मचारी अभाव भएकाे तथा विद्यालय सञ्चालनमा समस्या  भएकाले अभिभावकहरुबाट सहयोग लिन बाध्य भएको बताए ।

‘महानगरपालिकाले पर्याप्त कर्मचारी पठाएमा सहयोग लिन पाइँदै पाइँदैन । नगरपालिपालिकाे कार्यपालिकाको बैठकसमेत बस्न नसकेकाेले  यो विषय जानकारी गराउन पाएका छैनौ । कार्यपालिकाको बैठक नबसेकैले महानगरपालिकाबाट बिनियोजित बजेट समेत माग गर्न सकिएको छैन ।’ उनले भने ।

अध्यक्ष खड्गीले ४४ लाख मौजदात रकमको व्याजले विद्यालय सञ्चालन गरेको भन्दै किताब विद्यालयमा आएनआएको विषयमा आफू जानकार नरहेको बताए । उनले विद्यालयले किताबको शुल्क नलिएको दाबी समेत गरे । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका खड्गी स्वयं कार्यपालिका सदस्य हुन् भने हाल उनी दरबार हाइस्कुलकाे व्यवस्थापन समिति अध्यक्ष भन्दै निर्णय गराइरहेका छन् । तर, विद्यालयका अभिभावक नरहेका खड्गीकाे गत वर्ष नै सर्वाेच्च अदालतले व्यवस्थापन समिति अध्यक्षकाे हैसियत खारेज गरिसकेकाे छ । तर उनी व्यवस्थापन समिति अध्यक्ष भन्दै गैरकानुनी निर्णय गराइरहेका छन् ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार खड्गी स्वयं महानगरपालिका कार्यपालिका सदस्य रहेर पास गरेको बजेट कार्यन्वयन नहुनु लज्जाको विषय हाे।

वि.सं.२०८२ वैशाख २८ आइतवार १७:१९ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक...