back
CTIZAN AD

थपियो स्याङ्जामा गरिमाका नयाँ शाखा, आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास

वि.सं.२०८२ जेठ १ बिहीवार

1.2K 

shares

स्याङ्जा । गाउँदेखि सहरसम्म लोकप्रियताा कमाउँदै आएको विकास बैंक मध्येको उत्कृष्ट गरिमा विकास बैंकले स्याङ्जामा नयाँ दुई शाखा विस्तार गरेको छ । बुधबार एक कार्यक्रमकाबिच बैंकले बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा १२५औँ र १२६औँ शाखा बिस्तार गरेको हो ।

बिरुवा बजार र अर्जुनचौपारी बजारमा बिस्तार गरिएको शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भर्जुअल रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा निर्देशक पौडेलले यहाँ गरिमा विकास बैंकको शाखा बिस्तार भएकाले वित्तीय क्षेत्रमा सकरात्मक परिवर्तन आउने बताए । उनले बैंकहरु बिस्तार हुनुले पूँजी परिचालनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिए ।

बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले आधुनिक सुविधासहित सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट ग्राहकहरूले सहज रूपमा सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले नयाँ शाखा कार्यालयले स्थानीयको आर्थिक अवस्था बजबुद पुग्न दरिलो बल पुग्ने बताए ।

बिरुवामा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर, बैंकका सञ्चालक दीपेन्द्र श्रेष्ठ, अर्का सञ्चालक शोभाकान्त ढकाल, बैंकका कार्यकारी प्रमुख माधवप्रसाद उपाध्याय, बैंकका कम्पनी सचिव अनिल रेग्मी, वडा अध्यक्ष बैंकका वडा अध्यक्ष रणबहादुर थापाले बोलेका थिए ।

यता अर्जुनचौपारिमा गाउँपालिका उपाध्यक्ष सपना गुरुङ, बैंकका सञ्चालक दीपेन्द्र श्रेष्ठ, अर्का सञ्चालक शोभाकान्त ढकाल, बैंकका कार्यकारी प्रमुख माधवप्रसाद उपाध्याय, बैंकका कम्पनी सचिव अनिल रेग्मी, वडा अध्यक्ष राजेन्द्रकुमार केसी लगायतले बोलेका थिए ।

कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, सर्बसाधारण नागरिक लगायतको उत्साहजनक सहभागिता थियो ।

सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाहमार्फत ग्राहकमाझ लोकप्रियता कमाउँदै आएको गरिमा विकास बैंकको काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय छ ।

वि.स २०६४ कार्तिक १८ गतेदेखि व्यावसायिक यात्रा सुरु गरेको यस बैंकको औपचारिक उद्घाटन २०६४ मंसिर ७ गते भएको थियो । हाल यस बैंककाो पाँच अर्ब ६८ करोड चुक्ता पूँजी छ । यस्तै ८७ अर्ब निक्षेप सङकलन र ७७ अर्ब कर्जा लगानी पुगेको छ ।

हाल यस बैंकले देशभरका १२६ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिनमार्फत सेवा दिँदै आएको छ । यस बैंकमा ९ लाख भन्दा बढी ग्राहकहरुले सेवा उपयोग गर्दै आइरहेका छन् ।

नयाँ दुई शाखा विस्तार भएसँगै स्याङ्जामा गरिमा विकास बैंकको शाखा ११ वटा पुगेका छन् । बैंकले जिल्लाकाो वालिङ, गल्याङ, भीरकोट, चापाकोट, पुतलीबजार, कालीगण्डकी, बिरुवा, अर्जुनचौपारीबाट सेवा दिँदै आइरहेको छ । हरिनास, आँधीखोला र फेदीखोलामा छिट्टै शाखा विस्तार गर्ने तयारी बैंकको छ ।

 

 

 

वि.सं.२०८२ जेठ १ बिहीवार १४:५६ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...