back
CTIZAN AD

वालिङमा आत्मरक्षा तालिम : तालिम जिल्लाभर सञ्चालन गर्न माग

वि.सं.२०८२ जेठ ४ आइतवार

978 

shares

स्याङ्जा । स्याङ्जाको वालिङमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र अकला आवाज राष्ट्रिय साप्ताहिकको सहकार्यमा दुई दिने आत्मरक्षा तालिम भएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य कल्पना तिवारीले कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई जिल्लाभर सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले सामाजिक विकास कार्यालयको कार्यक्रमलाई स्थानीय तहहरुले समेत अनुसरण गर्नुपर्ने बताइन् ।

वालिङ् नगर उपप्रमुख कविता तिवारीले नगरपालिका भित्रका शैक्षिक संस्थाहरुको उपस्थितिमा समयसापेक्ष कार्यक्रम आयोजना गरेकोमा सामाजिक विकास कार्यालय र अकला आवाजलाई धन्यवाद दिइन् । उनले आगामी वर्षहरुमा वालिङ नगरपालिकाले समेत यस्ता कार्यक्रममा गर्न सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अकला आवाज साप्ताहिकका प्रधानसम्पादक प्रकाश डुम्रेले मिडिया मार्फत जिल्लाको समृद्धि र सामाजिक सशक्तीकरणमा लाग्ने बताउदै सबैसँगको सहकार्य र समन्वयमा जनपक्षीय कार्यहरू गर्ने बताए ।

कार्यक्रममा वालिङ् नगर शिक्षा अधिकृत दुर्गा गैह्रे, सामाजिक शाखा प्रमुख उमादेवी डुम्रे, रेडियो आधिखोलाका अध्यक्ष शान्ता थापा, सामाजिक अगुवा महिला जैसरा रेग्मी, रेग्मी वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक कुमार शर्मा, बरिस्ठ प्रशिक्षक तस्विन पुन, क्याप्टेन तारा प्रसाद श्रेष्ठ, वालिङ जेम्नेस्टिङका सचिव निरु भट्टराई लगायतको उपस्थिति थियोे ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले छात्रा तथा महिलाहरूलाई आत्मरक्षा सम्बन्धी सीप र ज्ञान प्रदान गर्नु अनिवार्य रहेको जनाए ।

तालिमा वालिङ नगरका विभिन्न विद्यालयका छात्राहरू, युवा, स्थानीय महिला समूहका प्रतिनिधिहरूको उपस्थिति थियो । सामाजिक विकास कार्यालय स्याङ्जाले महिला सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, तथा सुरक्षित समाज निर्माण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले यस्ता तालिमहरू नियमितरूपमा आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन् । प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन अकला आवाज राष्ट्रिय साप्ताहिकका सम्वाददाता एवम् कार्यक्रम संयोजक आयुष्मा काफ्लेले गरेकी थिइन् ।

वि.सं.२०८२ जेठ ४ आइतवार १३:२० मा प्रकाशित

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...