२१ जेठ, काठमाडौँ । यो सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिश क्लब रियल म्याड्रिडले जितेको छ । हिजो राति वेल्सको कार्डिफमा भएको खेलमा रियलले इटलियन क्लब युभेन्ट्सलाई ४-१ गोल अन्तरले हराएको हो । रियलको जितमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रर्दशन गरेका थिए । रोनाल्डोले महत्वपुर्ण दुई गोल गरेका थिए ।यसै गरि रोनाल्डो यो सिजन च्याम्पियन्स लिगमा १२ गोल गरेका छन् ।यस्तै गरि रियलका क्यासिमेरो र मार्को एसेन्सियोले एक एक गोल गरेका थिए ।
उता युभेन्टसका मान्डजुकिचले च्याम्पियन्स लिगको इतिहासकै उत्कृष्ट गोल गरेका थिए । उपाधि सगैँ रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग बारम्बर जित्ने पहिलो टोली बनेको छ । जिनेदिन जिदानको प्रशिक्षणमा खेलेको रियलले लगातार दोस्रो सिजन सिएलको उपाधि जितेको हो ।
वि.सं.२०७४ जेठ २१ आइतवार ०५:३० मा प्रकाशित
























