back
CTIZAN AD

मानव अधिकार आयोगका सिफारिसको कार्यान्वयन न्यून

वि.सं.२०८२ जेठ १३ मंगलवार

1.1K 

shares

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कार्यान्वयनका लागि आयोगले सरकारलाई गरेका सिफारिसहरु कार्यान्वयन नभएको बताएका छन्।

आयोगको २५ औँ वार्षिकोत्सव समारोहमा मंगलबार आयोजित कार्यक्रममा उनले कारबाहीका लागि गरिएका सिफारिस धेरै कार्यान्वयन नभएका बताए। उनले आयोगबाट गरिएका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाउनसक्ने विचार व्यक्त गरे।

नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मानव अधिकार अन्योन्याश्रित सम्बन्ध रहेको र विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई शान्तिपूर्ण तरिकाले प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष मगरले सशस्त्र द्वन्द्वका बेला भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुको न्याय र परिपूरण सबैको सरोकार, चिन्ता र जिम्मेवारीको विषय भएकाले राज्यका निकायहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

चालु आर्थिक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी ५८ वटा उजुरी दर्ता भएका छन्। आयोग २०५७ जेठ १३ गते स्थापना भएको स्मरणमा प्रत्येक यसै दिन स्थापना दिवस मनाउने गरिएको छ।

आयोगले ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र समृद्धिको आधार’ नाराका साथ २५ औँ वार्षिकोत्सव मनाएको छ।रासस

वि.सं.२०८२ जेठ १३ मंगलवार १७:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...