back
CTIZAN AD

औषधि भनेर आफ्नै श्रीमतीलाई विष खुवाउने श्रीमान् पक्राउ

वि.सं.२०८२ जेठ २० मंगलवार

771 

shares

झापा । झापामा आफ्नै श्रीमतीलाई विष खुवाइ मार्न खोज्ने श्रीमान् पक्राउ परेका छन् । सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका–२ घर भई हाल दमक नगरपालिका–१ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलीपकुमार मरिक डोम पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेणु मरिकलाई ज्यान मार्न खोजेका थिए । उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेका थिए । त्यसभन्दाअघि पनि तीनै श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको रेणुले प्रहरीमा बयान दिएकी छन् ।

उनीहरूका एक छोरा र एक छोरी छन् । घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरी झापा ल्याएको छ ।
उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

वि.सं.२०८२ जेठ २० मंगलवार १२:२६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...