back
CTIZAN AD

एक हजार रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्दै दोर्दी र मर्स्याङ्दीका किसान

वि.सं.२०८२ जेठ २१ बुधवार

831 

shares

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा एक हजार रोपनी क्षेत्रफल जमिनमा अकबरे खुर्सानी खेती गरिएको छ । दोर्दी गाउँपालिकामा ७०० र मर्स्याङ्दी गाउँपालिकामा ३०० रोपनी गरी उक्त क्षेत्रफलमा खुर्सानी खेती गरेको हो ।

गाउँपालिकाको प्राविधिक सहयोग र अनुदानमा दुई पालिकाका किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गरेका हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानी खेतीका लागि रु ३० लाख बजेट विनियोजन गरेको थियो । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढीकरण कार्यक्रमअन्तर्गत अकबरे खुर्सानीखेतीका लागि विनियोजित बजेटबाट खुर्सानी खेतीका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार व्यावसायिक खेती गर्ने कृषकलाई पालिकाले प्राविधिक सहयोगसँगै मल्चिङ, खुर्सानीको बीउमा ५० प्रतिशत अनुदान दिएको छ ।

गाउँपालिकाका अनुसार यसअघि गत वर्ष दोर्दी गाउँपालिका–४ बाँसबोट, कामचोक र साँधिखोला गाउँमा किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरेका थिए । परम्परागत रुपमा कोदोखेती गर्दैआएको जमिनमा खुर्सानी खेती गरेका किसानहरुले राम्रो आम्दानी गरेपछि यस वर्ष पालिकाले खुर्सानी पकेट क्षेत्र विस्तार गरेको कृषि शाखा प्रमुख निराजन पौडेलको भनाइ छ । गत वर्ष पनि अकबरे खुर्सानी खेती गरेको वडा ४ स्थित साना किसान सहकारीले यस वर्ष १२ रोपनी क्षेत्रफलमा खुर्सानीखेती गरेको छ । परीक्षणको रुपमा पहिलो पटक गत वर्ष अकबरे खुर्सानी खेती सुरु गरी राम्रो आम्दानी गर्न थालेपछि दोर्दीका किसान यस पटक उत्साहित बनेका छन् । गत वर्ष उक्त समूहले रु २० लाख बढी आम्दानी गरेको बताइएको छ ।

यस वर्ष लगाइएको खुर्सानी ४०० देखि ५०० मेकिट्र टन उत्पादन हुने र करिब रु पाँच करोड आम्दानी गर्ने अनुमान रहेको कृषि शाखा प्रमुख पौडेलले बताए । उनले भने, “कम लागतमा धेरै आम्दानी गर्न गर्न सकिने बाली खुर्सानी रहेको र यसको बजारको माग पनि राम्रो रहेको छ ।

त्यस्तै, मर्स्याङ्दी गाउँपालिकाको नौ वटै वडामा गरेर ३०० रोपनी क्षेत्रफलमा अकबरेको व्यावसायिक खेती गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो”, उनले भने, “अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले अभियान सञ्चालन गरिएको र यसले पालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएका छौँ । अकबरे खेतीका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको थियो ।

यसमध्ये रु १० लाख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सहयोग गरेको छ । आयोजनाको क्षेत्रमा पर्ने वडा नंं १, २, ३, ४ र ९ का लागि गाउँपालिकामार्फत एक्यापले रकम उपलब्ध गराएको थियो । अकबरे खेतीका लागि गाउँपालिकाले बिरुवामा ८० प्रतिशत र मल्चिङ प्लाष्टिकका लागि ५० प्रतिशत अनुदान दिएको गाउँपालिकाले जनाएको छ । यहाँका किसानले कम्तीमा एक रोपनी र बढीमा १० रोपनीसम्म खेती गरेका छन् ।

किसानले उत्पादन गरेको अकबरेको बजारीकरणका लागि पालिकाले सहयोग गर्ने भएको छ । बजारीकरणका लागि पालिकामै मासिक हाटबजारको व्यवस्थासँगै जनता एग्रो कम्पनीसँग बिक्री सम्झौता भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । जिल्लामा उत्पादन कम हुँदा हालसम्म बाहिरी जिल्ला र भारतबाट ल्याएको खुर्सानी स्थानीयले खरिद गरेर प्रयोग गर्दै आएको छ । रासस फाइल फोटो

 

वि.सं.२०८२ जेठ २१ बुधवार १३:११ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...