back
CTIZAN AD

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

वि.सं.२०८२ जेठ २३ शुक्रवार

837 

shares

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ ।

सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए ।

बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनि आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ ।

यस्तै, बेरुजु फरछ्यौटका सम्बन्धमा तीन तहकै जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । गोष्ठीमा सबै प्रदेशका सार्वजनिक लेखा समिति सभापति र सचिव, विज्ञ, महालेखा परीक्षकको, कार्यालय, नगरपालिका र गाउँपालिका महासङ्घका प्रतिनिधि सहभागी हुनेछन् ।

सभापति पोखरलेले बेरुजु फछ्र्यौटमा स्थानीय तहदेखि सङ्घसम्मको समग्र अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा रायसुझाव लिने उद्देश्यले गोष्ठी गर्न लागिएको जानकारी दिए ।

बैठकले भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन समितिले थप अध्ययनका लागि स्थलगत अवलोकन गर्ने माग गरेकामा स्वीकृत प्रदान गरेको छ ।

यस वर्ष मौसम केही जटिल हुने प्रक्षेपण गरिएकाले पूर्वतयारी प्रतिकार्यलाई चुस्त र व्यवस्थित तुल्याउन सरकारलाई सुझाव दिँदै समितिले आगामी धान बालीका लागि किसानलाई रासायनिक मलको अभाव हुन नदिन उचित व्यवस्थानमा लाग्न निर्देश गरेको छ ।

 

वि.सं.२०८२ जेठ २३ शुक्रवार १५:२८ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...