back

अस्पतालमा बिरामीको चाप बढेपछि थपियो ‘फार्मेसी’

वि.सं.२०८२ जेठ २६ सोमवार

279 

shares
IME Limited
NTC AD

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए ।

उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ,भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ ।

डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभइकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उनले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताए । छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उनले बताए । रासस/फाइल फोटो

 

वि.सं.२०८२ जेठ २६ सोमवार ११:२० मा प्रकाशित

अब स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

अब स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार...

वडाको पहलमा विपन्नलाई बिमा

वडाको पहलमा विपन्नलाई बिमा

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै...

औलोका सात जना बिरामी भेटिए

औलोका सात जना बिरामी भेटिए

चितवन । चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका...

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...