back
CTIZAN AD

हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित

वि.सं.२०८२ जेठ २६ सोमवार

1.5K 

shares

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा २०८२ साल जेष्ठ २५ गते सम्पन्न गरेको छ । कम्पनीको वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको हो ।

सो कम्पनी निजी क्षेत्रद्वारा प्रवद्र्धित सो सभामा विगत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरिएको जनाएको छ । साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ ।

सभाले हालको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशतका दरले हुने ४६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयरको कर प्रयोजनका लागि २ करोड ४६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश पनि वितरण गरिने कम्पनीले जनाएको छ ।

यस कम्पनीले अन्तर्राष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग पाउने नेपालको अअिहलेसम्मैको एक मात्र पुनर्बीमा कम्पनी हो जस्ले कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेष्ट बाट बि प्लस रेटिङ्ग पाएको छ । कम्पनीले अन्तराष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।

सभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न आवश्यक परेमा नियामक निकायको निर्देशन अनुसार कार्य गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पारित गरेको छ।

वि.सं.२०८२ जेठ २६ सोमवार १२:०१ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...