back
CTIZAN AD

हिमालयन बैङ्क लिमिटेडको दूधपोखरी शाखा सञ्चालनमा

वि.सं.२०८२ जेठ २७ मंगलवार

720 

shares

लमजुङ । हिमालयन बैङ्क लिमिटेडले आफ्नो नजिकको शाखा सञ्जाल विस्तार गर्दै गौँडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं ।५, जोर्ने, लमजुङमा ‘दूधपोखरी शाखा’ नामबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाले जेष्ठ २६ गतेदेखि सम्पूर्ण बैङ्किङ सेवाहरू प्रदान गर्न सुरु गरेको छ ।

नयाँ शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर गुरुङले बैंकका कर्मचारीहरू र विशिष्ट अतिथिहरूको उपस्थितिमा गरिएको हो ।

हाल हिमालयन बैङ्क लिमिटेडले नेपालभर १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टरहरू, २८६ एटीएमहरू, ८,००० भन्दा बढी पीओएस टर्मिनलहरू र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय बैङ्किङ सेवा प्रदान गरिरहेको छ ।

यो नयाँ शाखाको स्थापनाले स्थानीय समुदायलाई सहज र गुणस्तरीय बैङ्किङ सुविधा उपलब्ध गराउने बैङ्कको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।

वि.सं.२०८२ जेठ २७ मंगलवार १६:०६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...