काठमाडौं । मङ्गलवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मूल्य एक लाख ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
वि.सं.२०८२ जेठ २८ बुधवार १२:०० मा प्रकाशित




























