back
CTIZAN AD

राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र सिँचाइ पोखरी निर्माण

वि.सं.२०८२ जेठ २९ बिहीवार

663 

shares

गलकोट (बागलुङ) । साबिक प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कार्यक्रमअनतर्गत पालिकासँगको बजेट साझेदारीमा पदमार्ग र सिँचाइ पोखरी निर्माण तथा सडक ‘सोलिङ’ गरिएको छ ।

नगरपालिकामा गत आवमा सूचीकृत २३८ जना बेरोजगारीमध्येबाट चयन भएका उनीहरुले ३७ लाख ज्याला तथा १८ लाख ५० हजारको निर्माण सामग्रीबाट एक हजार ४०० मिटर पक्की पदमार्ग तथा चार सिँचाइ पोखरी र ३५० मिटर सडक सोलिङ गरेका हुन् ।

बागलुङ नगरपालिकाका रोजगार संयोजक रामचन्द्र्र गौतमका अनुसार यस वर्ष छ योजनाबाट तीन वटा सिँचाइ पोखरी, चार स्थानमा पदमार्ग ढलान तथा एक स्थानको सडक सोलिङ गरिएको छ । नगरपालिका–३ स्थित मध्यपहाडी लोकमार्गबाट तातोपानी जाने २५० मिटर पदमार्ग ढलान र कदमको बोट सिँचाइ पोखरी निर्माण भएको छ ।

बागलुङ नगरपालिका–५ मालिकाको ठूलाखोलादेखि बाँघबोटे मालिकाको २५० मिटर पदमार्ग ढलान तथा मौरीभिर, आँटीघर र पल्ला खोरियामा पोखरी निर्माण गरिएको थियो । साथै नगरपालिका–८ को ओख्रेनी चितेपानी देउपुजा कोट मन्दिरसम्मको ४५० मिटर पदमार्ग ढलान गरिएको छ ।रासस/फाइल फाेटाे

 

वि.सं.२०८२ जेठ २९ बिहीवार ११:४७ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...