back
CTIZAN AD

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

वि.सं.२०८२ जेठ २९ बिहीवार

519 

shares

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन धनको क्षति रोक्न उपयुक्त नीति बनाइ कार्यान्वयनतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तरराष्ट्रिय सङ्गठनद्वारा आज राजधानीमा आयोजित यससम्बन्धी कार्यक्रममा राष्ट्रसङ्घीय आवाससम्बन्धी संस्था युएन हेविट्याटकी विज्ञ प्रज्ञा प्रधानले तातो हावाका कारण पीडित हुने जनतालाई केन्द्रित गरेर नीति नियम बन्नुपर्ने बताइन् । केही समय अघिसम्म यसलाई समस्या नै नदेख्ने गरिएको उल्लेख गर्दै उनले अब तातो हावाबाट मानव स्वास्थ्यलाई पर्ने प्रभावलाई रोक्ने र परिहाले राहत तथा उपचारका लागि व्यवस्थित प्रणाली अत्यावश्यक भएको बताइन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा प्रकाश बुढाथोकीले मन्त्रालयले तातो हावाका कारण तत्काल धेरै सङ्ख्यामा व्यक्ति प्रभावित हुने भएकाले आपतकालीन समस्याका रुपमा लिने र त्यसअनुसार तयारी गर्ने नीति लिएको बताए । तातो हावाका प्रकोपले मानव स्वास्थ्य र पूर्वाधारलाई क्षति पु¥याउने भएकाले पूर्वचेतावनी दिने प्रणाली स्थापना गर्न खोजिएको उनले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले सरकारले तापजन्य प्रकोप व्यवस्थापनका लागि कार्य योजना बनाउने बताए । यसका लागि जनचेतना बढाउने कार्यक्रम, कुल्लिङ सेन्टर र पानी वितरणलगायत कार्य कर्म गर्न थालिएको उनले जानकारी दिए । फाइल फोटो

 

वि.सं.२०८२ जेठ २९ बिहीवार २०:३५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...