back
CTIZAN AD

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

वि.सं.२०८२ असार ४ बुधवार

2.5K 

shares

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला सम्मेलन र भेलाहरु सम्पन्न भैरहेका छन् । यसैक्रममा लुम्बिनि प्रदेशको दांग र प्यूठानमा सम्मेलन र भेला सम्पन्न भएको संगठनका केन्द्रीय सदस्य शुशिल पोखरेलले जानकारी दिए । यसैगरी सुदुरपश्चिमबाट प्राप्त जानकारी अनुसार डोटीमा पनि सो संगठनले भेला सम्पन्न गरेको छ ।

दाङबाट प्राप्त जानकारी अनुसार पूर्वसंचारमन्त्री तथा माओवादी नेतृ रेखा शर्माको उपस्थितिमा नेपाल बुद्धिजीवी संगठन दाङको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष माधव न्यौपानेको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य एवम् पुर्वमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा भएको सो सम्मेलनले डा. भीमसेन गिरीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, अर्का केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ तथा बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य प्रभुराम चौधरी, लोक बस्याल र शुशिल पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

डा. भिमसेन गिरी अध्यक्ष रहेको सो कार्यसमितिको उपाध्यक्षमा बाबुराम अधिकारी, भरत पोख्रेल, कमला श्रेष्ठ, सचिवमा केशरमान बुढाथोकी, सहसचिवमा देवेन्द्र शर्मा र कोषाध्यक्षमा तारा भुसाल रहेका छन् भने सहसचिवमा अन्य एक जना पछि थप गरिने जनाइएको छ ।

यस्तै, सदस्यहरूमा ओमप्रकाश ज्ञवाली, दोर्ण खड्का, शालिकराम ओली, हुमबहादुर खड्का, माधव चौधरी, लोककुमार श्रेष्ठ, देवप्रकाश घर्ती, नारायण पौडेल, बामदेव सापकोटा, सन्तोष गिरी, मोहन नेपाली, विजय जीएम, तिलकराम शर्मा, साधना शर्मा, बालिका तिवारी, जनमत चौधरी लगायत रहेका छन् ।

डोटीमा २५ सदस्यीय समिति निर्माण
सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा नेपाल बुद्धिजीवी संगठन जिल्ला समिति गठन गर्ने कार्य सम्पन्न भएको छ ।

पुर्वमुख्यमन्त्री त्रिलोचन भट्टको संवाद शुभकामना र संगठनका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम संयोजक बसन्त बागचन्दको प्रमुख आतिथ्यतामा भएको सो भेलामा नेकपा (माओवादी केन्द्र) डोटी जिल्ला अध्यक्ष कमल गडशिला, प्रदेश समिति सहसचिव अंकिता श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

भेलाले कृष्णबहादुर बिकको अध्यक्षतामा ९ पदाधिकारी र १६ सदस्य गरि २५ जनाको जिल्ला समिति चयन गरेको बताइएको छ ।

प्युठानको संयोजकमा बामदेव चयन
नेपाल बुद्धिजीवी संगठन प्यूठानको संयोजकमा बामदेव पोखरेल चयन भएका छन् ।

नेपाल बुद्धिजीवी संगठनका केन्द्रिय सदस्य एवम् प्युठान जिल्ला इन्चार्ज सुशील पोख्रेलको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् प्युठान जिल्ला इन्चार्ज नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य सरस्वती न्यौपानेको बिशेष आतिथ्यता, लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी (प्रकाश), जिल्ला संयोजक प्रभात के.सि, उमाराम पौडेल, नगर प्रमुख बिष्णुबहादुर योगि, कृष्ण घिमिरे तथा सुनिल सापकोटा लगायतको आतिथ्यता एवम् अन्य बुद्धिजीवीहरुको उपस्थितिमा सम्पन्न नेपाल बुद्धिजीवी संगठन प्यूठानको तेस्रो जिल्ला भेलाले आगामी असोज मसान्तसम्म भब्य रूपमा सम्मेलन सम्पन्न गर्ने निर्णयसहित बामदेव पोखरेलको संयोजकत्वमा १३ सदस्यीय सम्मेलन आयोजक समिती गठन गरेको छ ।

वि.सं.२०८२ असार ४ बुधवार १८:४६ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...