back
CTIZAN AD

बाँदर आतङ्क न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ निर्माण गरिँदै

वि.सं.२०८२ असार ९ सोमवार

555 

shares

ढोरपाटन ९बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतङ्क न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ बनाउने भएको छ । आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले ग्रामीण क्षेत्रमा बाँदर आतङ्कका कारण किसानले गाउँ छाड्न थालेपछि कम क्षति पु¥याउने फलफूल र मसलाबालीको खेती गरिने बताए ।

वडा नं ८ पुरानो गाउँमा ‘बाँदर बगैँचा’ बनाउने प्रमुख पुनको भनाइ छ । नयाँ आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ । युवालाई कृषिमा आर्कषण गर्न र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ ।

पालिकाभरका सबै किसानलाई सूचीकरण गरेर परिचयपत्र दिने प्रमुख पुनले बताए । नगरपालिकाले उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एमबुलेन्स सञ्चालनसमेत गर्ने भएको छ । दुग्ध उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार गर्ने, खोप लगाउने, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनको बजारीकरण गर्न किसानलाई सघाउने पुनले बताए । किसानलाई प्रोत्साहन गर्न बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति नगरपालिकाले लिएको छ ।

अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको प्रमुख पुन बताउँछन् । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बङ्गुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यात गर्ने नीतिमा उल्लेख छ ।

गत वर्ष लिएको ‘सेरा जाऔँ, केरा खाऔँ’ कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ । ‘छोरी जन्मे घर, खुसीको लहर’ भन्ने मूल नारासहित सञ्चालन भएको जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । छोरी जन्मेमा जन्मदर्ता गर्दा रु दुई हजार ५०० को खाता खोलिदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्र रहेका घरबारविहीनलाई घर बनाइ दिने नगर प्रमुख पुनले बताए । फूसका छाना विस्थापन कार्यक्रमलाई निरन्तरता उनको भनाइ छ । सुकुम्बासी समस्या समधानका लागि आवश्यक प्रक्रिया पूरा गरी यसै वर्ष नगरपालिकालाई सुकुम्बासीमुक्त पालिका घोषणा गरिने पुन बताउछन् ।

नगरपालिकाले विद्यार्थीलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजाका लागि एक वडा, एक आवासीय माध्यमिक विद्यालय एक विद्यालय एक करेसाबारी बनाउने गरी ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई उद्यमशीलता तथा उत्पादनसँग जोड्न पढदै कमाउँदै कार्यक्रम सञ्चालन गरी स्थानीय उत्पादनलाई पाठ्य सामग्रीको रुपमा प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।फाइल फोटो

वि.सं.२०८२ असार ९ सोमवार १२:५४ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...