back
CTIZAN AD

महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

वि.सं.२०८२ असार ९ सोमवार

678 

shares

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकको मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी “ मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको औपचारिक रुपमा सुरुआत गरेको छ ।

यस अन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर (एमटिसिएन) बैंकको मोबाइल बैकिङ्ग एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिन्छ ।

१०० भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ । यो सुविधाको थप सँगै अब ग्राहकहरु रेमिट्यान्स रकम लिनको लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने, लाइनमा बस्नुनपर्ने साथै समयको समेत बचत हुनेछ । यो सुविधको थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्दि«त हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको यस बैंक मौबाइल बैकिङ्ग एपमै एकिकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरुमा पहिलो विकास बैंक बनेको छ ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम बैंकले मोबाइल एप्लिकेसनलाई अझै परिेष्कृत गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।

 

वि.सं.२०८२ असार ९ सोमवार १३:२५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...