back
CTIZAN AD

वडाको पहलमा विपन्नलाई बिमा

वि.सं.२०८२ असार ९ सोमवार

1.9K 

shares

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अतिविपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु एक लाख पाँच हजार बराबरको बिमा प्रिमियम तिरिदिएको हो ।

“आर्थिक अवस्था कमजोर बिमा प्रिमियम तिर्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर बिमामा आबद्ध गराएका छौँ”, वडाअध्यक्ष लालबहादुर ऐरले भने, “वडाले प्रत्येक परिवारलाई रु तीन हजार ५००का दरले पाँच सदस्यको बिमा गराएको छ ।”

विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराएपछि स्वास्थ्योपचार खर्चमा हुने आर्थिक भार घट्ने, स्वास्थ्य सेवा पहुँचमा रहेका असमानता हट्ने, गरिब तथा जोखिममा परेका समूहलाई विशेष सुरक्षा प्रदान हुने उनले बताए ।

“एक व्यक्तिको प्रिमियममा पाँच सदस्यसम्म स्वास्थ्य सेवा लिन सक्छन्”, वडा कार्यालयका कर्मचारी केशव जोशीले भने,“दीर्घरोग, सुत्केरी सेवा, आकस्मिक सेवालगायत उपचार हुने कार्यसँगै वार्षिक रु तीन हजार पाँच सयमा पाँच सदस्य परिवारसम्म र त्यसपछि प्रतिसदस्य रु सात सय अतिरिक्तमा स्वास्थ्य बिमा उपलब्ध गराउने व्यवस्था छ ।”

उनका अनुसार ७० वर्षमाथि, अतिगरिब, अशक्त, अपाङ्गता भएकाहरूले प्रिमियममा पूर्ण छुट पाउँछन् । वडा कार्यालयले आव २०७९÷८० मा ४० अतिविपन्न परिवारको बिमा गराएको थियो । यो पहलले विपन्न नागरिकमा सरकारी सेवाको पहुँच महसुस गराएको स्थानीय बासिन्दाको भनाइ छ ।

स्थानीय बमन रानाले भने, “बिमा गर्न सक्ने हैसियत थिएन, वडाले रकम तिरेपछि हामीजस्ता गरिबलाई उपचारमा राहत मिलेको छ ।”रासस/ फाइल फोटो

 

वि.सं.२०८२ असार ९ सोमवार १३:४९ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...