back
CTIZAN AD

‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’

वि.सं.२०८२ असार ९ सोमवार

966 

shares

गण्डकी । कास्कीको रूपा गाउँपालिकाले चार हजार क्षेत्रफल जग्गामा मसलाजन्य बाली विस्तार गर्नेभएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’ भन्ने नाराका साथ बाँदरले असर नपार्ने मसलाजन्य नगदेबाली (अदुवा, लसुन, बेसार, टिमुर, हलेदो) लगाउन मसलाजन्य बाली उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको गाउँपालिका प्रमुख नवराज ओझाले बताए ।

लसुन, प्याज, बेसार, टिमुर, हलेदोलगायत मसलाजन्यबाली लगाउन प्रोत्साहन गर्नुका साथै उत्पादनमा आधारित न्यूनतम अनुदान व्यवस्था गरी चार हजार रोपनी जग्गामा मसलाजन्य बाली विस्तार गरिने उनले बताए ।

कृषि तथा पशुपालनमा आत्मनिर्भर हुनका लागि बेरोजगार युवालाई कृषि पेसामा प्रोत्साहित गरी आयआर्जनमा जुटाउन एकीकृत कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘मेहनती किसानको हात : गाउँपालिकाको साथ’ भन्ने नाराका साथ कृषि क्षेत्रको लागत घटाउन कुल लागतको आधारमा व्यावसायिक किसानलाई लागत र उत्पादनमा आधारित अनुदान प्रदान गरिने अध्यक्ष ओझाले बताए ।

वि.सं.२०८२ असार ९ सोमवार १३:३८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...