back
CTIZAN AD

उपत्यकामा जोखिम व्यवस्थापन : चोभारको गल्छी काट्ने तयारी

वि.सं.२०८२ असार १३ शुक्रवार

1.2K 

shares

काठमाडौं । सरकारले यस वर्ष काठमाडौँ उपत्यकामा हुन सक्ने सम्भावित प्राकृतिक विपत्तिको रोकथाम, जोखिम न्युनिकरण, राहात तथा उद्दारको कार्यक्रमलाई व्यवस्थित बनाउने जनाएको छ ।

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारले गरेको पूर्वतयारीको सन्दर्भमा मंगलबार भएको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको छलफलमा काठमाडौँ उपत्यकामा हुन सक्ने मनसुनजन्य विपद्, विशेषगरी डुबानको जोखिम न्यूनीकरणका लागि सरकारले चोभारको गल्छी विस्तार गर्ने निर्णय भएको छ ।

केही दिनअघि बसेको छलफलमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले समेत चोभारको गल्छी काट्ने निर्णय गरेको छ । चोभारको गल्छी उपत्यकाको पानी बाहिरिने मुख्य निकासका रूपमा रहेको छ । गल्छी साँघुरो हुँदा पानीको प्रवाहमा अवरोध भई बाढी र डुबानको समस्या बढेको समितिको निष्कर्ष छ ।

गृहमन्त्री रमेश लेखकका अनुसार चोभारको गल्छीमा पानी राम्रोसँग प्रवाह हुन नसक्दा उपत्यकामा डुबानको खतरा बढेकाले चोभारको गल्छी खोल्ने निर्णय भएको हो । गत वर्ष बल्खु वरपरका क्षेत्रमा भएको बाढीको समस्या यही गल्छीका कारण भएको प्राधिकरणको निष्कर्ष छ ।

भारको गल्छी विस्तार भएपछि पानीको निकास सहज हुने र नदी किनारका क्षेत्रमा हुने डुबानको समस्या कम हुने विश्वास सरकारको छ ।
सरकारले उपत्यकामा डुबानको उच्च जोखिम रहेका अन्य स्थानहरूको पहिचान गरी पानी जम्मा हुन नदिने उपायहरू पनि अवलम्बन गर्ने जनाएको छ । यद्यपि यस्तो ठाउँ कहाँ कहाँ हो भन्नेबारे अहिले सुरक्षा संयन्त्र बेखबर छ ।

यो वर्षको मनसुनमा मात्रै करिब २० लाख मानिस प्रभावित हुने देखिएको छ । राष्ट्रिय जोखिम तथा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षामा मात्रै ४ लाख ४७ हजार घरधुरीका १९ लाख ९७ हजार मानिसहरू कुनै न कुनै रूपले प्रभावित हुने अनुमान गरेको हो ।

वि.सं.२०८२ असार १३ शुक्रवार ११:२० मा प्रकाशित

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...