back
CTIZAN AD

नेपाली कांग्रेसले गरेका काम जनतामाझ पुर्याउनबाट चुक्यौँः उपसभापति खड्का

वि.सं.२०८२ असार १३ शुक्रवार

1.1K 

shares

वीरगञ्ज (पर्सा) । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पु¥याउन चुकेको बताएका छन् ।

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उपसभापति खड्काले नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाझ पु¥याउन नसकिएको बताएका हुन् ।

“नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा ठूला–ठूला महत्वपूर्ण काम भएका छन् । तर, हामीले गरेका कामहरुलाई जनतामाझ पु¥याउन भने सकिरहेका छैनौँ । त्यसमा हामीबाट कहीँकतै चुक भइरहेको छ,” उनले भने, “हामीले प्राप्त गरेका उपलब्धि र योगदानलाई पनि जनताको बीचमा पु¥याउन सकिरहेका छैनौँ । पार्टीले सञ्चालन गरेका विभिन्न अभियान पनि मतदाता माझ पुग्न सकिरहेको छैन । यस्तो परिरिस्थतिमा तपाईंहरु प्रशिक्षकहरुले सो पु¥याउन मद्दत पु¥याउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।”

उपसभापति खड्काले नेपाली कांग्रेसको अगुवाइमा देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय, भौतिक पूर्वाधार, सिँचाइलगायतका क्षेत्रमा गरेका विकासका कामलाई पनि जनतामाझ पु¥याउन नसकेको गुनासो व्यक्त गरे । “मुलुकमा भएका भौतिक पूर्वाधार विकासमा नेपाली कांग्रेसको भूमिका अहम् छ”, उनले भने, “हामीले गरेका कामलाई जनतामाझ पु¥याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।” उपसभापति खड्काले सङ्घीयता र समावेशिताका मुद्दा पनि सबैतीर पु¥याउन नसकेको स्वीकार गरे ।

उपसभापति खड्काले कांग्रेसले विकास निर्माणको क्षेत्रमा होस् शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै ठूला–ठूला नीतिगत परिवर्तन ल्याएको पनि दावी गरे ।

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले असार १३ र १४ गते मधेश प्रदेशका आठवटै जिल्लाका प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

वि.सं.२०८२ असार १३ शुक्रवार १६:५६ मा प्रकाशित

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

काठमाडौं । राजधानीको कीर्तिपुरमा गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको...