back

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

वि.सं.२०८२ असार २० शुक्रवार

624 

shares
IME Limited
NTC AD

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

गलकोट (बागलुङ) । जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा रु. ५० लाख दाखिला भएको छ ।

कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ । “दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पु¥याउने लक्ष्य छ । कोषमा रु एक अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पु¥याउन सकिन्छ ।

कोषमा पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममार्फत रकम थप्दै जाने नीति लिएको छ”, नगर प्रमुख नरबहादुर पुनले भन्नुभयो ।

क्यान्सर, मुटु, मृगौलालगायत जटिल रोगको उपचारमा धेरै खर्च लाग्ने भएकाले कोषमा रु एक अर्ब पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०८२ असार २० शुक्रवार १२:०२ मा प्रकाशित

अब स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

अब स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई...

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार...

वडाको पहलमा विपन्नलाई बिमा

वडाको पहलमा विपन्नलाई बिमा

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै...

औलोका सात जना बिरामी भेटिए

औलोका सात जना बिरामी भेटिए

चितवन । चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका...

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...