back
CTIZAN AD

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

वि.सं.२०८२ असार २९ आइतवार

990 

shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) २९ अंकले उकालो लागेको छ । आइतबारको बजारमा बैंकिङ्ग क्षेत्र चम्किंदा कारोबार पनि उच्च देखिएको हो ।

आज कूल सूचिकृतमध्ये १५८ कम्पनीको करोबार हरियो देखिएको छ भने ९० कम्पनीका लगानीकर्ताहरु निरास भएका छन् । आज करिब ११ अर्ब २० करोड रुपैंयाँ बराबरको करिब २ करोड ४२ लाख कित्ता सेयर किनबेच भएको छ ।

आइतबार बैंक, लघु वित्त, वित्त कम्पनी, र विकास बैंक समुहका लगानीकर्ताहरुले राम्रो आम्दानी गरेका छन् । ती कम्पनीको सेयर बजार क्रमशः ३.३७, ३.५०, १.८७ तथा १.४७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

कूल कारोबार रकममध्ये बाणिज्य बैंक समूहको मात्र करिब दुई अर्ब ८३ करोड रुपैंयाँ बराबरको करिब नब्बे लाख कित्ता सेयर किनबेच भएको छ । लघुवित्त समूहको करिब एक अर्ब २७ करोड रुपैंयाँ बराबरको करिब १२ लाख कित्ता सेयर किनबेच भएको छ भने वित्त कम्पनी र विकास बैंक समूहको क्रमशः करिब ३२ करोड र ८५ करोड रुपैंयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी एनआइसि एसिया बैंकका लागानीकर्ताहरुले कमाएका छन् भने हिमालयन हाइड्रोका लगानीकर्ताहरु सबैभन्दा धेरै गुमाउनेमा परेका छन् ।

त्यस्तै कारोबार रकमका आधारमा सबैभन्दा बढी एनआइसि एसिया बैंकको कारोबार भएको छ । उसको मात्र झण्डै ३७ करोड रुपैंयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०८२ असार २९ आइतवार १५:४९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...