back
CTIZAN AD

१६८ छोरीलाई मुद्दती खाता उपहार

वि.सं.२०८२ असार ३२ बुधवार

750 

shares

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्र्तगत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ । बागलुङ नगरपालिकाले रु पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरुप प्रदान गरिएको जनाएको छ ।

नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले दुई वर्षमा नगरभित्र जन्मेका १६८ छोरीको खातामा रु पाँच हजारका दरले रु आठ लाख ४० हजार जम्मा गरिसकेको बताए ।

नगरपालिकाभित्रका १४ वटा वडामा जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक लिमिटेड बागलुङ शाखामा खाता खोली नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिएको हो ।

“नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ”, नगरप्रमुख श्रेष्ठले भने, “१३औँ नगरसभाद्वारा पारित नीति तथा कार्यक्रमअन्र्तगत अहिलेसम्म एक सय ६८ जना छोरीहरुको २० वर्षे मुद्दती खाता उपहार दिइएको छ, छोरी जन्माउनेलाई प्रोत्साहन गर्ने नगरको नीतिअनुसार हो, त्यहीअनुसार मुद्दती खाताम चक्रिय ब्याज आउने गरी कार्यविधि निर्माण गरेर बैंकसँग सम्झौता गरिएको छ ।”

परिवारमा बचत गर्ने बानी बसाल्न नगरकी छोरी कार्यक्रम ल्याइएको उनको भनाइ छ । नगरकोे छोरी कार्यक्रम सञ्चालनका निम्ति कार्यविधि निर्माण गरेर कार्यान्वयन गरिएको छ ।

जिल्लाको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको हो ।

नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार छोरीहरूका लागि मुद्दती खाता सञ्चालन गरी प्रत्येक छोरीहरूका लागि एक पटक रु पाँच हजार ँ जम्मा गर्ने प्रावधान छ ।

सो मुद्दती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्दती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख छ ।

नगरपालिकाले पहिलो छोरीको रूपमा बागलुङ नगरपालिका–२ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको थियो ।

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका उक्त कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने ंउद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको कँडेलको भनाइ छ ।

वि.सं.२०८२ असार ३२ बुधवार ०६:३२ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...