back
CTIZAN AD

एनआरएनए युकेको निर्वाचन अवैधानिक भएको गाहा मगरको आरोप

वि.सं.२०८२ साउन १ बिहीवार

2.5K 

shares

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आसन्न निर्वाचन र अधिवेशन अवैधानिक भएको एकपक्षले आरोप लगाएको छ ।

एनआरएनए एकता माहाधिवेशनपछि महेश श्रेष्ठ नेतृत्वले एनआरएनए युकेको नेतृत्व प्रेम गाहामगरलाई दिइसकेको अवस्थामा केही समूहले पुनः निर्वाचन गरेर अवैधानिक काम गरेको आरोप सो पक्षको छ ।

अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशन गरेर काठमाडौंमा महेश श्रेष्ठ र सोही अनुरुप एनआरएनए यूकेको नेतृत्व प्रेम गाहामगरलाई दिइसकेको प्रष्ट्याउँदै यस्तो आरोप लगाएको हो ।

संघका अध्यक्ष गाहामगरले विगत ५ वर्षदेखि बेलायतमा विवाद रहेपनि सर्वोच्च अदालतले परमादेश जारी गरि डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशनमार्फत आइसीसी र बेलायतमा आधिकारिक कमिटी चयन गरिसकेको जानकारी समेत पत्रकार सम्मेलनमा दिएका थिए ।

 

उक्त कमिटीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएर जेठ ८ मा विश्वभरका कूटनीतिक नियोगहरुमा पत्राचार गरेको जानकारी दिँदै गाहामगरले लन्डनस्थित दूतावासले आसन्न अधिवेशनलाई मान्यता पनि नदिने समेत दावी गरेका थिए ।

अध्यक्ष गाहामगरले विवादास्पद छवि भएका केही व्यक्तिले बेलायतमा मिलेर बसेको समाज बिथोल्न यही २६ र २७ जुलाईमा एनआरएनए यूकेको अधिवेशन भन्दै जातीय द्वन्द्व ल्याउन खोजेको आरोप समेत गाहा मगरले लगाएका छन् ।

‘डा. बद्री केसी समूहका केही व्यक्तिहरुले राजनीतिक पार्टीको आडमा समाज भांड्ने काम गरेकाले त्यसलाई स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नु परेको हो, आउंदो अधिवेशन आधिकारिक होइन ।’ गाहा मगरले भने ।

उनले केही व्यक्तिले बेलायतमा निधन भएकी विधार्थी सदीक्षा तामाङको नाममा उठेको १० हजार पाउन्ड आँफै खाएको आरोप लगाउँदै र पद मुक्त भएपछि पनि च्यारिटीको अरु पैसा हिनामिना गरेकाले छिट्टै कानुनी बाटो रोजिने चेतावनी समेत दिएका थिए ।

गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आफूहरु लडिरहेको जनाउंदै भ्रष्टाचारका कारण एनआरएनएमा विवाद आएको र त्यसलाई निर्मुल नगरेसम्म वंशजको नेपाली नागरिकता अभियान अगाडि नबढ्ने समेत बताए ।

गाहामगरले लोकप्रिय प्रशासक नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसंग आउंदो अगष्ट १५ मा ‘मिट एण्ड ग्रीट’ र सेप्टेम्बर १३ मा ‘एनआरएनए कप’ गर्ने तयारी गरिरहेको जानकारी पनि सोहि भेलामा दिए ।

प्रमुख अतिथी एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले आइसीसी अध्यक्ष महेश श्रेष्ठले नेतृत्व लिएपछि एक महिना समय अर्को पक्षलाई समेट्न कोशिस गर्दा अर्को समूहले त्यसलाई कमजोरीका रुपमा लिएको बताए । उनले अब बाटो छुटिट्एको बताउंदै अक्टोबरमा हुने भनिएको अन्तर्राष्ट्रिय महाधिवेशन नहुने दावी गरे ।

गत २१ चैत, २०८० मा सर्वोच्चको परमादेशपछि उच्च स्तरिय कमिटीका संयोजक डा. शेष घलेले वैशाख २०, २१ र २२ (मे ३ देखि ५) मा काठमाडौंमा एकता महाधिवेशन सम्पन्न गरिसकेको अवस्थामा फेरि अधिवेशन भन्नु भ्रामक र दुःखदायी भएको बताए ।

तिगेलाले अझै पनि एनआरएनएको नाम र लोगो चलाउनु एवं अफिस र अकाउण्ट ओगट्नु अवैधानिक भएको दावी समेत गरे । न्यायपालिकाको निर्णयलाई स्वीकार गरि भ्रमको खेती नगर्न र हठ त्याग्न उनको आग्रह थियो ।

कार्यक्रममा संघका सचिव कृष्णप्रसाद खतिवडाले कथित अधिवेशन अवैधानिक, गैर कानूनी र समाजले पनि स्वीकार्न नसकेको जिकिर गरे । कानूनी शासनमा चलेको देशमा बसेर विधि विधान, कानूनसम्मत चल्नुपर्नेमा सर्वोच्च अदालतको परमादेश समेत नमान्नु बिडम्बना भएको बताए ।

उनले प्रश्न गर्दै भने, ‘परराष्ट्रको पत्र अनुसार लन्डनस्थित नेपाली दूतावासले अधिवेशन रोक्नु पर्दैन ? यसले दूतावासको क्षमतामाथि प्रश्न उठेको छ । समाज विखण्डन गर्ने र भ्रमित पार्ने, विभाजनको रेखा कोरेर स्वार्थ पूरा गर्न खोज्नेलाई हामीले निरुत्साहित गर्नुपर्छ ।’

संघका प्रमुख सल्लाहकार डा. भीम पुनले यसअघि सबैलाई समेट्ने उद्देश्य अनुरुप अर्को समूहका अध्यक्ष हितकाजी गुरुङ लगायतलाई एकताको वार्तामा ल्याउन प्रयास गरिएपनि सम्भव नभएको स्मरण गर्दै एउटा राजनीतिक पार्टीको इसारामा हुने अधिवेशन आधिकारिक नहुने र भ्रममा नपर्न अपिल गरे ।

अर्का प्रमुख सल्लाहकार राजकुमार त्रिपाठी (आरके) ले एउटा समूहले चुनाव गरेर समुदायमा गोलमाल र द्धिविधा बनाएको बताए ।

एनआरएनए छिन्नभिन्न हुंदा आफू विक्षिप्त भएको बताउंदै प्रेम गाहामगर नेतृत्वलाई समुदायले स्वीकार गरिसकेकाले फेसबुके एनआरएनएले के भन्छ त्यसले अर्थ नराख्ने धारणा राखे । त्रिपाठीले अब जनसरोकारका ‘डायनामिक’ कार्यक्रम समेत ल्याउन सुझाए ।

एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले प्रेम गाहामगरले भ्रष्टाचार र नागरिकताका मुद्दा लिएर हिंड्दा झन् हतोत्साही पारिएको बताए । क्षेत्रीले वंशजको नागरिकता मुद्दा उठाउने साहसी प्रेम मात्र रहेको बताउंदै उनलाई सबैले प्रशंसा गर्नुपर्ने बताए ।

क्षेत्रीले विभिन्न व्यक्ति र संघसंस्थाहरुबाट संकलित चन्दा समेत हिनामिना गर्ने र संस्थालाई मागी खाने भांडो बनाउन रोक्न सुझाए । परराष्ट्र र सर्वोच्चको परमादेशले संसारमा एकमात्र वैधानिक एनसीसी बेलायत रहेको र त्यसको नेतृत्व प्रेम गाहामगरले गरिरहेको उनले प्रष्टयाए ।

एनआरएनएमा भ्रष्टाचार नगरि माथि जान नसक्ने अवस्था भइरहेको भन्दै क्षेत्रीले आफ्नै नागरिकलाई अनागरिक बनाउने षडयन्त्र स्वीकार्य नहुने बताए । अधिवेशन भनेर समाजलाई विभाजित नगर्न उनको चेतावनी थियो ।

प्रवक्ता डा. कुलप्रसाद कंडेलले प्रेस वक्तव्य पढ्दै आसन्न चुनाव र अधिवेशन भ्रामक अनि समाज विभाजनको एक कारक रहेको बताए ।

मन्तव्यका क्रममा एनआरएनए यूके आइसीसी शारदा गुरुङ र सल्लाहकार श्रीमति नरमति पुनले पनि एनआरएनए यूके नेतृत्वप्रति भ्रममा नपर्न आग्रह गरे ।

महासचिव जुरेन्द्र खजुम लिम्बुले सञ्चालन गरेको पत्रकार सम्मेलनमा एनआरएनए यूके आइसीसी सदस्यहरु ओमप्रसाद थापा, श्रीप्रसाद गुरुङ, विजय गुरुङ, सल्लाहकारहरु गोमा राना, हितमान गुरुङ, टंक गुरुङ, मनिष खालिङ, अजयसिंह ठकुरी, एनआरएनए यूके उपाध्यक्ष उपाध्यक्ष अनिल मल्ल, पहिलो नेपाली तारा दिपक लिम्बु, नायिका रेखा लिम्बु, पत्रकार एवं पूर्व डिएसपी बाचस्पति रेग्मी लगायत अभियन्ताहरुको उपस्थिति थियो ।

 

वि.सं.२०८२ साउन १ बिहीवार १९:१९ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...