back
CTIZAN AD

तनहुँमा चैतेधान प्रवद्र्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

वि.सं.२०८२ साउन ३ शनिवार

1.6K 

shares

दमौली (तनहुँ) । तनहुँमा सञ्चालन भएको चैतधान प्रवद्र्धन आयोजनामार्फत एक वर्षमा एक हजार १७७ मेट्रिकटन चैतेधान उत्पादन भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत् तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रले १२ सहकारीमार्फत चैते धान प्रवद्र्धन आयोजना सञ्चालन गरेको थियो ।

कार्यक्रम सञ्चालनका लागि रु ५८ लाख ५० हजार बजेट रहेकामा रु ४२ लाख ९४ हजार खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

उनले भने, “यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत क्लस्टरमा सञ्चालन गरिएको थियो । एउटा क्लस्टरमा कम्तीमा पनि ५० रोपनी क्षेत्रफलमा हुनुपर्ने प्रावधान राखिएको थियो ।” चैतेधान प्रवद्र्धन कार्यक्रममार्फत ७५ देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको उनले बताए ।

कार्यक्रममार्फत कृषकलाई आठ हजार १०० केजी बीउ, १४ मिनिटिलर, चार कम्बाइन मिल, ३२ स्प्रेयर, एक मल्टिक्रप थ्रेसर, २४६ त्रिपाल, तीन डिजिटल तराजु, २०० जुटको बोरा वितरण गरिएको छ भने ८०३ मिटर कुलो निर्माण गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थालाई रु एक लाख ९३ हजार ६२४, बन्दीपुर गाउँपालिका–३ स्थित असौबोटे प्रेम नगर अर्गानिक कृषि समूहलाई रु तीन लाख ५६ हजार चार सय ७६, व्यास नगरपालिका–८ स्थित रिस्ती मादी कृषक समूहलाई रु पाँच लाख २१ हजार २६१, व्यास नगरपालिका–९ स्थित फूलबारी कृषक समूहलाई रु एक लाख छ हजार सात सय २५, भानु नगरपालिका–४ स्थित तिलाहार कृषि सहकारी संस्थालाई रु चार लाख ७७ हजार पाँच सय ३९, भिमाद नगरपालिका–६ स्थित भिमाद साना कृषि सहकारी संस्थालाई रु दुई लाख २१ हजार २५०, म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहलाई रु दुई लाख ७६ हजार ९०८ वितरण गरिएको छ ।

त्यस्तै, म्याग्दे गाउँपालिका–३ स्थित स्यागेटारी कृषक समूहलाई रु तीन लाख ५५ हजार ५३९, सोही वडाको आम्बोटे कृषक समूहलाई रु तीन लाख ७६ हजार ४८६, व्यास नगरपालिका–१३ स्थित तुलसी कृषक समूहलाई रु पाँच लाख १८ हजार २४, शुक्लागण्डकी नगरपालिका–११ स्थित क्याङ्दी खोला सिर्जनशील आइपिएम कृषक समूहलाई रु तीन लाख ४८ हजार २६६ र शुक्लागण्डकी नगरपालिका–१० स्थित युनिक अभियान कृषि सहकारी संस्थलाई रु दुई लाख ४२ हजार २५० सहयोग गरिएको केन्द्रले जनाएको छ ।

 

वि.सं.२०८२ साउन ३ शनिवार १४:४६ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...