back
CTIZAN AD

छोराछोरी सामुदायिक विद्यालयमा पढाउँदै फेदीखोलाका अध्यक्ष

वि.सं.२०८२ साउन ५ सोमवार

4.1K 

shares

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर सबैका लागि उदाहरणीय बनेका छन् ।

उनले आफ्नो छोरी स्वेच्छालाई फेदीखोला गाउँपालिका २ स्थित सिद्धार्थ माध्यमिक विद्यालय कक्षा ११ को विज्ञान संकायमा भर्ना गरेका हुन् ।
अध्यक्ष सुवेदीले छोरीको भर्ना पश्चात फेसबुकमा एक स्टाटस राख्दै लेखेका छन्, ‘आज मेरी छोरी स्वेच्छा सुवेदीलाई फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा ११ को विज्ञान संकायमा भर्ना गरे । स्वेच्छाले यही विद्यालयबाट एसईईमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कक्षा प्रवेश गरेकी हुन् ।’

सुवेदीले आफू गाउँपालिकाको नेतृत्वमा निर्वाचित भएदेखि सार्वजनिक विद्यालयलाई गुणस्तरीय र विश्वासिलो बनाउने प्रतिबद्धता जनाएको बताए । उनले आफ्नो प्रतिबद्धता शब्दमा मात्र नभएर व्यवहारमै उतार्न आफ्नोे छोरा र छोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउँदै आएको बताए ।

‘शिक्षा सबैको अधिकार हो । जब नेतृत्वले आफैंबाट उदाहरण देखाउँछ । तब मात्र जनविश्वास निर्माण हुन्छ । हामी सबै मिलेर सामुदायिक विद्यालयको स्तरवृद्धि गर्न सक्दछौँ ।सार्वजनिक शिक्षा सशक्त बनोस् ।’ उनले फेसबुकमा लेखेका छन् ।

वि.सं.२०८२ साउन ५ सोमवार १६:५३ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...