back
CTIZAN AD

आज साउन ६ गते मंगलवार : तपाइको राशिफल कस्तो छ हेर्नुहोस्

वि.सं.२०८२ साउन ६ मंगलवार

3.4K 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हडबडाहटले बाेलीकाे प्रभाव कमजाेर बन्न सक्छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। काममा श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरी ढाकछाेप गर्दा अरूले लाभ उठाउन सक्छन्। वादविवाद गर्धा आफ्नाे अधिकार गुम्न सक्छ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। किनमेलमा केही रकम खर्च हुने सम्भावना छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ। लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्न सफलता मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। प्रयत्न गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, मेहनत गर्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ।

२०८२ साउन ६ गते मंगलवार, २२ जुलाई २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ साउन ६ मंगलवार ०७:०२ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...