back
CTIZAN AD

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८२ साउन ८ बिहीवार

2.2K 

shares

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वाड नं १०, बानेश्वर स्थित फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०% छुट पाउने भएका छन । सो छुट सेवासुविधा फ्रन्टलाईन हस्पीटल मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा फ्रन्टलाईन हस्पीटल का तर्फबाट क्लिनिकल अध्यक्ष श्री योगेश न्यौपाने र मेडिकल प्रशासक श्री रोहन झा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर श्री रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकार को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

वि.सं.२०८२ साउन ८ बिहीवार ११:३३ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...