back
CTIZAN AD

रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार

वि.सं.२०८२ साउन ८ बिहीवार

819 

shares
लुम्बिनी । रूपन्देही जिल्लामा सङ्घीय आयोजनाको पुँजीगत खर्च कार्यान्वयन र राजस्व सङ्कलनमा सुधार आएको छ ।  कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगतको तुलनामा जिल्लामा पुँजीगत बजेटको खर्च र राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको हो ।
सो तथ्याङ्कअनुसार जिल्लाका सङ्घीय कार्यालयहरूको गत आर्थिक वर्ष २०८१/८२ को वित्तिय अवस्था सन्तोषजनक देखिएको छ । गत आवमा रूपन्देहीबाट रु एक खर्ब २० अर्ब बढी राजस्व सङ्कलन गरिएको छ । जुन अघिल्लो आवको तुलनामा १५ दशमलव १६ प्रतिशतले बढी हो ।
भैरहवा भन्सार कार्यालयले मात्र रु ९५ अर्ब १९ करोड  बराबरको राजस्व सङ्कलन गरी कूल योगदानको ७८ दशमलव ८५ प्रतिशत हिस्सा ओगटेको छ । यससँगै आन्तरिक राजस्व कार्यालय भैरहवा र बुटवलले क्रमशः रु १२ अर्ब ९८ करोड र ११ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेका छन् ।
अघिल्लो आव २०८०÷८१ मा जम्मा रु ३० अर्ब ५१ करोड मात्र पुँजीगत खर्च गरिएकामा गत आवमा रु ८१ अर्ब ७० करोड नाघेको छ । अघिल्लो आवको तुलनामा गत आवमा १६७ दशमलव ७९ प्रतिशतले सुधार भएको हो ।
कोलेनिकाले सङ्घीय कार्यालयहरुको गत आवको वित्तीय अवस्था, बजेट तथा खर्चको अवस्था, पुँजीगत रकमका आधारमा भएको खर्चको अवस्था, वित्तीय हस्तान्तरणको तुलनात्मक विवरण र राजस्व सङ्कलनको अवस्थालगायतका शीर्षकमा तुलनात्मक तथ्याङ्क सार्वजनिक गरेको थियो ।
सङ्घीय संरचनामा पुँजीगत बजेट समयमै खर्च गर्नेतर्फ विकासे कार्यालयहरूले यसपटक विशेष तदारुकता देखाएको पाइएको छ । सडक, खानेपानी, अन्तरराष्ट्रिय सभाहल निर्माण र भूगर्भीय सिँचाइलगायतका ठूला पूर्वाधार योजनाहरुले उल्लेखनीय प्रगति हासिल गर्न थालेको विवरणमा उल्लेख छ ।
एक वर्षमा २५ अर्ब आठ करोड बराबरको काम
गत आवमा जिल्लाका सङ्घीय कार्यालयहरूले जम्मा रु २५ अर्ब आठ करोड खर्च गरेका छन् । जुन कूल स्वीकृत बजेटको ७८ दशमलव ८७ प्रतिशत हो । चालु र पुँजीगत गरेर रु ३१ अर्ब ८० करोड सात लाखभन्दा बढी बजेटका सङ्घीय कार्यक्रम सञ्चालनमा थिए ।
यसमा पुँजीगतभन्दा चालु शीर्षकमा करिब रु पाँच अर्ब रकम बढी विनियोजन भएको थियो । चालु शीर्षकमा ९२ दशमवल १९ प्रतिशत खर्च देखिएको छभने पुँजीगत खर्च ६० दशमलव ७२ प्रतिशत पुगेको कोलेनिकाको तथ्याङ्कमा छ । यो अघिल्लो वर्षको तुलनामा १६७ दशमवल ७९ प्रतिशतले वृद्धि हो । रकमका आधारमा सबैभन्दा बढी पुँजीगत खर्च गर्ने कार्यालयमध्ये बुटवल–गोरुसिङ्गे–चनौटा सडक योजना कार्यालयले रु एक अर्ब ८४ करोड, स्थानीय पूर्वाधार विकास कार्यालय बुटवलले रु एक अर्ब ६७ करोड र बुटवल सडक डिभिजनले रु एक अर्ब ५६ करोड खर्च गरेको छ ।
गत आवमा जिल्लास्थित सहरी विकास तथा भवन निर्माणको कूल बजेट रु ५४ करोड ६७ लाख ५० हजार थियो । सोअन्तर्गतको पुँजीगत खर्च शतप्रतिशत भएको छ । गैडहवा गाउँपालिकाको पनि रु ५९ करोड १४ लाख ६० हजार कूल बजेटको पुँजीगत खर्च शतप्रतिशत गरेको जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २७ गणले रु ५९ करोड ८१ लाख तीन हजार ८१ बराबरको बजेटबाट ९९ दशमलव ९२ प्रतिशत काम गरी तेस्रो स्थान प्राप्त गरेको छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको रु ५१ करोड ७४ लाख ६८ हजार बराबरको बजेटबाट ९६ दशमलव २७ प्रतिशत खर्च गरी चौथो पुँजीगत खर्च गर्नेमा चौथो बनेको छ ।

वि.सं.२०८२ साउन ८ बिहीवार ११:५४ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...