काठमाडौँ । आज साताको अन्तिम कारोबारको दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार बढेसँगै लगातार आठ दिनदेखि बजार बढिरहेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४८ अकंले बढेर २९८३ बिन्दुमा कायम भएको छ ।
आज ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको हो । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ ।
आज १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन बैंकिङ्ग, वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वीट गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो भने आज सार्वर्धिक घुमाउनेमा ९.५ प्रतिशत मञ्जुुश्री फाइनान्स लिमिटेड डिबेञ्चर २०८५ को मूल्य ४।२२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको आज ७७ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
वि.सं.२०८२ साउन ८ बिहीवार १५:३५ मा प्रकाशित



























