back
CTIZAN AD

सेयरबजारमा यो वर्षकै ऐतिहासिक रेकर्ड, कारोबार रकम पनि उल्लेख्य

वि.सं.२०८२ साउन १६ शुक्रवार

2K 

shares

काठमाडौं । अघिल्लो साता निरन्तर उकालो लागेको सेयर बजार परिसूचक (नेप्से) यो साता भने केहि घटेको छ । साताको दोस्रो(सोमबार) र तेस्रो (मंगलबार)का दिन मात्र नेप्सेमा हरियो देखियो । बाँकी तीन दिन नेप्से ओरालो लागेको हो । परिसूचक ओरालो लागे पनि यो साता नेप्सेले वर्षकै ऐतिहासिक रेकर्ड बनाएको छ । गत मंगलबार कारोबार बन्द हुँदा नेप्से ३००२.०७ बिन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो ।
रेकर्ड बनाएता पनि औसतमा यो साता समग्रमा नेप्से २४.३७ (०.३१ प्रतिशत)अंकले घटेको देखिएको छ ।

यो साता करोबार रकमको आधारमा सबैभन्दा धेरै जलविद्युत कम्पनी समूहको ३५ अर्ब ३९ करोड रुपैंयाँ बराबरको आठ करोड कित्ता सेयर किनबेच भएको छ । त्यस्तै व्यापार कम्पनी समूह १३ करोड ३१ लाख रुपैंयाँ बराबरको २३ हजार कित्ता सेयर कारोबार गर्दै पुछारबाट पहिलो भएको नेप्सेले जनाएको छ ।

अघिल्ला हप्ताहरुमा निरन्तर उकालो लागेको बजार यो साता घट्नु लगानीकर्ताहरुले नाफा बुक गरेको रुपमा सेयर विश्लेषक हरुले अर्थ्याएका छन् । हुन पनि यो सात सेयर बजार निरन्तर बढेर पछिल्लो एक वर्षको रेकर्ड बनायो ।

गत वर्षको साउन ३१ मा नेप्से ३०००.८१ बिन्दुमा पुगेर बन्द भएको थियो । त्यसपछि निरन्तर ओरालो लागेको नेप्से गत वर्षको असोज १० गते २४६४.४० बिन्दुमा पुगेर बन्द भएको थियो । त्यहाँबाट निरन्तर उकालो लागेको नेप्सेले एक वर्षकै ऐतिहसिक रेकर्ड बनाएको छ ।

तालिकामा हेर्नुहोस् यो साताको सेयर

क्र.सं. कम्पनी समूह परिवर्तन (अंकमा) प्रतिशत परिवर्तन कुल कारोबार रकम (रु.) कुल कारोबार संख्या कुल लेनदेन
बैङ्क समूह -७.३८ -०.४७% ८,८०२,३४९,४४०.१० २९,१०२,७३२ ७८,३४३
होटल तथा पर्यटन -६९.८२ -०.९५% १,८६७,८४५,१०१.०४ २,२९३,९०७ ११,२२८
अन्य समूह ८.४१ ०.३२% ८,४४२,४९५,३२३.८० ७०,५७३,३०० ५५,५१९
जलविद्युत समूह -२८.७९ -०.७३% ३५,३८८,८०५,२७०.०० ८०,१००,१४४ ३,३६,७५६
विकास बैंक समूह ६.९६ ०.०३% १०,०९५,४५४,०३७.१५ १,८१८३२९५ ६९,०६४
उत्पादनमूलक समूह २८.२२ ०.३७% ९,०५७,८५४,२६३.०० १०,५६३,४३१ ६७,५७०
जीवन बीमा समूह -६८.१८ -०.५०% १,६८१,४६१,६८०.०८ २,०८२,६८४ १८,५०९
निर्जीवन बीमा समूह -५.२५ -०.१८% २,७८५,०८८,४२०.८० ४५,३५,८१२ २९,९५१
लघुवित्त समूह -३३.५९ ०.०५% १३३,११५,२८७.३० २३,८१० १,०२२
१० वित्त कम्पनी समूह -२७.१३ -०.४७% ८,७११,८४३,८४७.२० ८,१०५,५४१ ७३,०२६
११ व्यापार कम्पनी समूह -११९.३७ -०.८४% ३,१९१,४७३,८८२.९० ५,५७६,६१४ ५०,०१२
१२ सामूहिक लगानीकोष ०.०२ ०.०७८% ३४०,०५२,००९.०० ३१,८५३,६१९ ८,५८३
१३ लगानी समूह -०.९२ -०.७६% ४,३४४,५३९,२५३.०० ७,३२४,१८४ ३३,९००
कुल -२४.३७ -०.३१% ९४,८४२,३७७,८१४.८५ २०६,८०३,१०३ ८३३,४८३

वि.सं.२०८२ साउन १६ शुक्रवार १७:४९ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...