back
CTIZAN AD

नाम्खाको लिमीमा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै

वि.सं.२०८२ साउन २२ बिहीवार

2K 

shares

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । बसाइँसराइ गरी तराई जानुका साथै छिमेकीमुलुक चीनको ताक्लाकोटमा काम गर्न जाने याुवा बढेपछि जनशक्तिको अभावका कारण खेतीयोग्य जमिन बाँझिन थालेको हो ।

तिलगाउँका वडा सदस्य पेन्पातुण्डुप लामाका अनुसार बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढिरहेको छ । उनले बस्तीका स्थानीयले छोडेर काठमाडौँ गएपछि यहाँको जमिन बाँझिएको भन्दै केही स्थानीय चीनको ताक्लाकोट गएर काम गर्ने भएकाले गाउँमा खेती हुन छोडेको बताए । उनका अनुसार तिलगाउँमा मात्र ३० हल जग्गा खेती गर्न छोडिएपछि बाँझिएको छ ।

जाङगाउँको सबै जग्गा बाँझिएको स्थानीय कुञ्जोक तामाङले बताए । “यतिबेला उवाबाली फलेको देखिनुपर्ने जाङगाउँको खेतीयोग्य जमिन सबै बाँझो भएर झारपात मात्र उम्रिएको छ । गाउँमा ७० हलभन्दा बढी खेतीयोग्य जग्गा बाँझो छ”, उनले भने ।

‎सबैभन्दा बढी घरधुरी रहेको हल्जीगाउँमा पनि जग्गा बाँझिने क्रम बढिरहेको स्थानीय कोनुर्बु तामाङले बताए । यसैवर्ष हल्जीगाउँ छोड्नु भएका दुई घरधुरी र अरू ताक्लाकोट काम गर्न गएका स्थानीयको जग्गा सबै बाँझो रहेको उनको भनाइ छ । “जग्गाको उत्पादनले छ महिना खाना नपुग्ने भएपछि खेतीपाती छाडेर अन्यत्र काम गर्न जानुपर्ने बाध्यता छ”, उनले भने । उनका अनुसार हल्जीगाउँमा पहिलो पटक जग्गा बाँझो भएको हो ।

नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङ यहाँको खेतीयोग्य जमिन बाँझो रहनु भनेको लिमी विस्तारै मानिसविहीन हुँदै जानुको अवस्था सृजना भएको बताए । स्थानीय, प्रदेश र सङ्घ सरकारले स्थानीयलाई आधारभूत आवश्यकतासहित रोजगारी सृजना गरी गाउँ सुनसान हुनबाट बचाउनुपर्नेमा उनले जोड दिए । लिमीका केही बस्ती मात्र नभएर सिङ्गो वडाका लागि जग्गा बाँझो हुँदै जानु दुःखद् पक्ष भएको उनको भनाइ छ ।

वि.सं.२०८२ साउन २२ बिहीवार १४:५५ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...