back
CTIZAN AD

न्युयोर्कका नेपालीले सांसद ज्ञानेन्द्र शाहीसंग “मिट एण्ड ग्रिट” कार्यक्रम गर्दै

वि.सं.२०८२ साउन २२ बिहीवार

4.2K 

shares

न्युयोर्क, अमेरिका । नेपाली राजनीतिमा युवाशक्ति र राष्ट्रवादी विचारधाराका प्रखर प्रवक्ता मानिने राप्रपा नेपालका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसँग प्रत्यक्ष संवाद कार्यक्रम गरिने भएको छ ।

आगामी अगस्ट ९ को साँझ, न्युयोर्कको क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा एक भव्य “मिट एण्ड ग्रिट” तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको हो ।

प्रवासी नेपालीको सक्रिय सहभागिता र उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहने सांसद शाहीसंगको यो भेटघाट कार्यक्रममा, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूले राजनीतिक अवस्था, राष्ट्रियता, धर्म र संस्कृति संरक्षण, प्रवासी नेपालीको हकहित, र नेपालको समसामयिक अवस्थाबारे प्रत्यक्ष प्रश्न गर्न, संवाद गर्न र आफ्ना जिज्ञासाहरू राख्न पाउनेछन्।

कार्यक्रममा नेपाली समुदायका अगुवाहरू, सामाजिक अभियन्ताहरू, विद्यार्थी, युवा नेता, तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजक संस्थाहरूले कार्यक्रमलाई सफल बनाउन बृहत तयारी थालेका छन्।

यो कार्यक्रम प्रवासी नेपाली समुदाय र मातृभूमिबीचको भावनात्मक सम्बन्ध अझ सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रम विवरणः

मितिः अगस्ट ९, २०२५ (शनिवार)

समयः साँझ (ठिक समय आयोजकले पछि खुलाउने)

स्थानः सत्य नारायण मन्दिर सभाहल, क्विन्स, न्युयोर्क

आयोजकहरूः हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस), दर्शन ठकुरी समाज न्युयोर्क

सहभागी हुन चाहनेहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरिएको छ ।

वि.सं.२०८२ साउन २२ बिहीवार १५:१० मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...