back
CTIZAN AD

आज शुक्रवार : तपाइँको राशिफल कस्तो छ ?

वि.सं.२०८२ साउन २३ शुक्रवार

1.6K 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन उत्साहवर्धक रहनेछ। नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। चिन्तन, अध्ययन र लेखनतर्फ रुचि जाग्नेछ। लगनशीलताले कर्मसिद्धि हुनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो यात्रा र भेटघाटको अवसर जुट्नेछ। व्यापार बढ्नुका साथै मनग्य रकम हातलागी हुनेछ। विशेष उपहार प्राप्त हुने समय छ। टाढाका आफन्त नजिकिनेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मिहिनेत गर्दा उद्देश्य प्राप्त हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। समाजसेवा र नोकरीतर्फ गरिएका कामको समेत राम्रै मूल्यांकन हुनेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
फाइदा हेर्दा नाम बिग्रन सक्छ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काम थालनी गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा पनि मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्ने समय छ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। आयआर्जनका स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ। आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ। सरसापटमा गएको रकम हातलागी हुनेछ। कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।

२०८२ साउन २३ गते शुक्रवार, ८ अगस्ट
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ साउन २३ शुक्रवार ०७:१८ मा प्रकाशित

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षापछि काठमाडौंस्थित बागमती नदीको बहाव सतर्कता तहभन्दा...

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

चितवन ।  स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग...

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक शक्ति संघर्ष अब थप...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा....

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले बाल सुधार...