back
CTIZAN AD

मत्स्यकन्याको मुलुककी जिवन्त चिनीमाया

वि.सं.२०८२ साउन २५ आइतवार

4K 

shares

कुनै पनि साहित्यिक कृतिको आकर्षण र स्तर लेखकको प्रस्तुतिकला र पात्रहरुले खेलेको भुमिकामा रहने गर्दछ । मत्स्यकन्याको मुलुकमा, चिनीमाया खोजिएकी, पुजिएकी र एक महान् नायिकाको रुपमा कलात्मक वास्तविक प्रस्तुतिमा सजिव पात्र बनेर उत्रिएकी छन् । यो भूमिकामा उनी अत्यन्त लायक पात्र देखिएकी छन । कृतिलाई यसैले सजाएको छ ।

मत्स्यकन्याको मुलुकमा  नियात्रा सँग्रहका लेखक रण काफ्लेको रैथाने  उपन्यास र मेरो कविता सँग्रह, अन्तर्मनका भाकाहरु  समकालिन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित भई एकसाथ सार्वजनिक भएका थिए । सोही अवसरमा सुपरिचित काफ्ले र चिनीमाया नेपालीभाषा र साहित्यलाई औधी माया गर्ने व्यक्तिहरुका रुपमा मेरो मष्तिष्कमा परिचित छन् । र यो टिप्पणी त्यसैको कोशेलीका रुपमा  हो ।

नियात्रा सँग्रहभित्र घोतलिएर हेर्दा विषयबस्तु र यसको यथार्थ प्रस्तुति रोचक यस अर्थमा लाग्यो कि लेखकको रोजाईमा परेकी पात्र, चिनीमाया, र उनका साहस र संघर्षका कथाहरु यसमा जिवन्त छन् । प्रस्तुति अन्तरक्रियात्मक जस्तो देखिएता पनि भारतको आसाम निवासी लेखक काफ्ले प्रमुख पात्रको यथार्थ कथा तथा जीवनी अनि उनको भोगाईलाई भारत र नेपालबीच एक फन्को लगाएर यात्रात्मक रुपमा यहा पस्किएका छन् । यसमा साहित्यिक प्रस्तुतिका साथै अन्तरदेशिय सम्बन्धलाई समेत मजबुत पारेको अनुभूति छ ।

यस कृतिका प्रमुख पात्र चिनीमाया माझीको व्यक्तित्व, संघर्ष र आदिवासी महिलाको उत्थानमा कटिबद्धता र साहसको कथा झल्किएको छ । उनले जनजातिय उत्थान तथा माझी समुदायको पहिचानको लागि अब्बल भूमिका खेलेकी छन् । यसका साथै लेखकले माझी समुदायका केही प्रचलीत व्यवहारिक, साँस्किृतिक तथा चलनचल्तीका  सामाजिक पक्षलाई पनि सँगसँगै जोडेका छन् ।  माझीहरु प्रकृति पूजक आदि जनजाति हुन् । जुन समुदायमा भेदभावले नभएर सद्भावले बाँच्ने बचाउने प्रणलाई अघि सारिएको छ ।

युवाकालदेखि नै माझी समुदायको उत्थानमा सक्रिय रहेकी चिनीमायाले सकारात्मक परिवर्तनका लागि झल्काएको विद्रोही स्वभाव “नेपाल माझी उत्थान सँघ” को केन्द्रिय अध्यक्षको जिम्मेवारी निभाउदासम्मका उदाहरणमा देखा पर्दछ । उनले समाज, जाति, भाषा, संस्कृति तथा संस्कारको हकमा देखाएको प्रतिबद्धता समेत यहा प्रष्ट छ ।  नेपालको लोकतन्त्रिक लडाईँको दोसाँधमा द्धन्दकालमा सात दिनसम्म नजरबन्दमा रहेका पिडादायी तथा यातनाका दिनहरु पनि यसमा चित्रित छन् । नियात्राको प्रमुखपात्र चिनीमाया त्यही समाजकी उपज हुन् ।

नेपालका माझी समुदायको पहिचानको सन्दर्भमा भाषिक प्रस्तुतिका तबरमा भारतको  आसामका नेपालीभाषी लेखकले आफ्नो स्थानियभाषाको रवाफ पनि यसमा थप गरेका छन् जस्तै “माक्कमुक्क”, “मकैका खोस्टेला” (पृष्ठ ८२), “लर्तरो कुरा”(पृष्ठ ८४) । यसका साथै माझी समुदायका किंवदन्ती अनुसार प्रकृति (पर्वत, खोलानाला, पृथ्वी, नदीआदि) (पृष्ठ७६) र पुरुषको संवाद पश्चात् यस सृष्टिमा मानिसको उत्पत्ति  र बिकास भएको संदर्भमा  मानिसहरुलाई डुङ्गामा खोलानाला पार गराउने जिम्वेवारी बहन गरेकाहरु नै माझी सम्प्रदाय बुझिँदै आएको कुरा उल्लेख छ । त्यसरी नै उनीहरुको माछा मार्ने र डुङ्गा चलाउने जिविकोपार्जनको आधार हुन्छ । साँस्कृतिक हिसाबले माझी सम्प्रदायका मानिस प्रकृतिका पुजारी, तान्त्रिक र धर्मपालक रहेको तस्वीर छ ।

यो नियात्रा सँग्रह अध्ययनको अन्तमा यस्तो अनुभूति हुन्छ कि माझी समुदायका परम्परा, सँस्कार, आस्था तथा विवशता जान्नमा जति उत्सुक भएको मलाई यसैको अन्तरालमा लेखकले यात्राका रोचक प्रस्तुती मिसाएर माझी समुदायकै अन्य विविध जानकारी प्राप्त गर्ने पाठकीय एकाग्रता विथोलिदिएको भान हुन्छ ।

यस नविन तबरको नियात्रा प्रकाशनको जिम्मेवारी लिने इजा प्रकाशन पनि बधाईको उत्कृष्ट पात्र तथा संस्था हो । पुस्तक पढेर प्रतिक्रिया दिने आश्वासन बमोजिम नै फुर्सदमा पढ्ने र आफूलाई आकर्षित गरेका विषयबस्तुमा नलेखिबस्न  नसक्ने बानीले यहाँ पनि मलाई अछुतो राखेन। पुस्तकलाई आफ्नो अनुकुल पढ्ने भन्दा पनि पुस्तकले नै मलाई निकै सक्रिय बनाई दियो । यस पुस्तकका लेखक तथा प्रमुख पात्रलाई मेरो पाठकीय प्रतिक्रिया नै विशेष उपहारको रुपमा अर्पण गरेँ ।

(लेखक, भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरमा प्राध्यापनरत छन् । )

 

वि.सं.२०८२ साउन २५ आइतवार ०९:०२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...