back
CTIZAN AD

कोशी प्रदेशसभाः विधेयक सर्वसम्मतले पारित

वि.सं.२०८२ साउन २५ आइतवार

786 

shares

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मतले पारित भएको हो ।

विधेयकमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र शोभा चेम्जोङले संशोधन प्रस्ताव राखेका थिए । प्रदेशसभा सदस्य बस्नेतले संशोधन प्रस्ताव अस्वीकार भएको थियो भने प्रदेशसभा सदस्य चेम्जोङले प्रस्ताव फिर्ता लिएका थिए ।

आजको बैठकमा ‘कोशी प्रदेशमा सरकार कामकाजको भाषा सम्बन्धममा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उक्त विधेयक प्रस्ताव गर्नु भएको थियो । उनले भाषा आयोगले यस प्रदेशमा १४ वटा भाषाको सिफारिस गरेपनि अहिलेलाई लिम्बू र मैथिली भाषा सरकारी कामकाजका लागि बनाउने भन्दै यसमा सरकारको आर्थिक भार थपिएको खुलासा गरे ।

विशेष समय
बैठकको विशेष समयमा जनता समाजवादी पार्टी कोशी प्रदेशसभाका संसदीय दलका नेता निर्मला लिम्बूले लिम्बू भाषामा भनाइ राखे ।

शून्य समय
बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, गोम्बु शेर्पा, मीना श्रेष्ठ, रामदेव यादव, रामप्रसाद महतो, कमला दर्नाल, शीलादीक्षित कार्की, मैया श्रेष्ठ र भीम पराजुलीले प्रदेशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक यही साउन २६ गते दिउँसो १ बजे बस्नेछ ।

वि.सं.२०८२ साउन २५ आइतवार १६:४४ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...