back
CTIZAN AD

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ

वि.सं.२०८२ साउन २५ आइतवार

1K 

shares

त्रिवेणी ९रुकुम पश्चिम० । जिल्लाका छवटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो ।

जिल्लाका चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपालिका तथा सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा धानखेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । यो वर्ष समयमा वर्षा हुनुका साथै मौसमले साथ दिएकाले समयमै रोपाइँ सकिएको कार्यालयका प्रमुख भरतबहादुर बस्नेतले जानकारी सदए । उनका अनुसार जिल्लामा तीन हजार ४८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

यहाँ खुमल–४ र ६, राधा–४ सहित अन्य हाइब्रिड जातका धानखेती हुँदै आएको कार्यालय प्रमुख बस्नेतले बताए

। यो वर्ष धानखेती हुने सबै खेतीयोग्य जग्गामा रोपाइँ गरिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा बढी उत्पादन हुने अपेक्षा गरिएको उहाँले उल्लेख गरे

सबै बाँझो जग्गामा धानखेती हुने हो भने खेतीयोग्य क्षेत्रफलसहित उत्पादनमासमेत वृद्धि हुने बस्नेतको भनाइ छ । खेतीयोग्य सबै क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेकाले सिँचाइ सुविधा विस्तार भएमा उत्पादन पनि बढ्ने उनले बताए ।

धान उत्पादनलाई बढाउन चैते धानखेतीमा जोड दिइएको बताउँदै योजनाअनुसार विस्तार गर्न नसकिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिउ । जिल्लामा गत वर्ष १२ हजार ९५५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष समयमै वर्षात् हुनुका साथै धानखेतीमा किरा नदेखिएकाले गत वर्षभन्दा १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको उहाँले उल्लेख गरे ।

उत्पादन भएकोमध्ये केही चौरजहारी र आठबिसकोट नगरपालिकाबाट जिल्ला बाहिर बिक्री गरिँदै आइएको कृषि विकास कार्यालयले जनाएको छ । धानसहित खाद्यन्नमा रुकुमपश्चिम आत्मनिर्भर नरहेको कार्यालय प्रमुख बस्नेतले बताए ।

वि.सं.२०८२ साउन २५ आइतवार १७:१५ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...