back
CTIZAN AD

उज्यालो नेपालका अभियन्ता कुलमानलाई लन्डनमा भव्य स्वागत

वि.सं.२०८२ साउन २७ मंगलवार

3.5K 

shares

लन्डन । लन्डन भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई भव्य स्वागत गरिएको छ ।
‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका घिसीङ सोमबार बिहान अमेरिकाबाट लन्डन पुगेका हुन् । एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको हो ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, आइसीसी सदस्यद्वय विजय गुरुङ र सिरी गुरुङ, संरक्षक भरत रोका क्षेत्री, उपाध्यक्षद्वय तीर्थबहादुर मल्ल (अनिल) र धनबहादुर तामाङ, महासचिव जुरेन्द्र खजुम लिम्बु, सचिव कृष्णप्रसाद खतिवडा, प्रमुख सल्लाहकारद्वय क्याप्टेन रि. वीर थापा र रत्न राई एवं एनआरएनए आइसीसी सल्लाहकार थर्क सेनले घिसिङलाई स्वागत गरेका थिए ।

एनआरएनए यूकेले कुलमानसंग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ ।
उक्त कार्यक्रममा सहभागी भएर घिसिङसँग अन्तरक्रिया गर्दै ‘अन लिमिटेड थ्री कोर्स मिल’ को स्वादमा रमाउन संघका अध्यक्ष प्रेम गाहा मगरले अपिल गरेका छन् ।

कार्यक्रममा बेलायत नेपाल सम्बन्ध र गोर्खाहरुको योगदान, नयाँ नेपाल निर्माण गर्ने उनको योजना, नेपालीका दुःख सुःख आदिबारे पनि अन्तरक्रिया हुने जनाइएको छ ।

सो अवसरमा तामाङ सेलो, खुकुरी डान्स, नौमति बाजा जस्ता प्रस्तुति रहने संघको भनाइ छ । घिसिङले गोर्खा सालिकमा रिथ चढाएपछि उनलाई पाइपर धुनका साथ रेड कार्पेटमा स्वागत गरिने गाहा मगरले बताए ।

सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र निराशालाई आशामा बदल्न ‘उज्यालो नेपाल’ अभियान लिएर अगाडि बढेका घिसिङ राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ ।

 

वि.सं.२०८२ साउन २७ मंगलवार २१:०४ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...