back
CTIZAN AD

अनेसास अफ्रिकाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा कृष्णदत्त

वि.सं.२०८२ साउन २७ मंगलवार

3.9K 

shares

नैरोबी, केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अफ्रिका महादेशीय च्याप्टरको सोमबार सप्पन्न तेस्रो साधारणसभाले केन्याका कृष्णदत्त भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा पासाङ शेर्पा गोपर्मा (तान्जानिया), महासचिवमा रामचन्द्र राई (आर.सी. राई) (सेसेल्स), कोषाध्यक्षमा तिर्सना कोईराला (रुवाण्डा), सचिवमा भरत रिजाल (नाइजेरिया) र सदस्यहरुमा सागर भण्डारी (केन्या), गंगा बस्याल (केन्या), महेन्द्र भट्टराई (सेसेल्स), बिकास सुवेदी (घाना), युनेश घिमिरे (क्यामरुन) र गायत्री कुलुङ (सेसेल्स) चयन भएका छन् ।

त्यसैगरि सल्लाहकार समितिमा इजिप्टका लागि नेपाली राजदूत सुशील कुमार लम्साल, हिक्मत थापा, गणेश खडका, कुल कार्की र मनोज विक रहेका छन् ।

अधिवेशनमा आरसी राईले गत कार्यकालको प्रगति विवरण र तिर्सना कोइरालाले आर्थिक विबरण प्रस्तुत गरेका थिए । निर्वाचन अधिकृत चन्द्रा आर्चायले निर्वाचनको कार्यक्रम संचालन गरि निर्बिरोध कार्यसमितिको नाम प्रस्तुत र अनुमोदन गराएकी थिइन् ।

अनेसास अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हिक्मत थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष गणेश खडका विशिष्ट अतिथि रहेका थिए ।

कृष्णदत्त भट्टको सभापतित्वमा संचालन भएको अधिवेशनले समितिको वार्षिक प्रकाशन “किलिमन्जारो“ नियमित प्रकाशन गर्ने र अनेसासको प्रथम अफ्रिका साहित्य सम्मेलन आयोजना गर्ने योजना बनाएको छ ।

वि.सं.२०८२ साउन २७ मंगलवार २१:१० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...