back
CTIZAN AD

समाज रुपान्तरणमा बौद्धिक वर्गको दायित्व

वि.सं.२०८२ साउन २७ मंगलवार

4K 

shares

मानव जातिको विकास, उसको ज्ञान, बुद्धि र विवेक लाखौ वषदेखिको प्रकृति र समाजका वर्गहरुबीचको शंघर्षको इतिहास हो । प्रारम्भिक कालमा मानवले बॉच्नका लागि प्रकृतिसँग संघर्ष गर्नुपथ्र्यो भने परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति भएपछि शासक र शासीत वर्गबीच शंघर्ष हुन थाल्यो । आधुनिक युगको समाज असमान वितरण प्रणालीको कारणले सिर्जना भएको वर्ग शंघर्षको इतिहास हो । संघर्षको प्रमुख स्रोत नै अन्तर्विरोध हो । यो द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा आधारित छ । द्वन्द्वात्मक भौतिकवादका अनुसार सृष्टिको मूल सत्य पदार्थ हो । पदार्थ निरन्तर परिवर्तनशील अवस्थामा हुन्छ र यसलाई द्वन्द्वात्मक प्रक्रियाबाट मात्र बुझ्न सकिन्छ । यस दर्शनले पदार्थ र चेतनामध्ये पदार्थलाई प्रथम तत्व मान्दछ । माक्र्सवादका अनुसार पदार्थबाटै चेतनाको उत्पत्ति हुन्छ । द्वन्द्वात्मक सिद्धान्तमा गत्यात्मकतालाई नै विकास मानिन्छ । यस अनुसार एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन गर्नका लागि एउटा निश्चित प्रकृयाको पालना गर्नुपर्दछ । यस प्रकृयालाई विकासत्रयी भनिन्छ, जसअन्तर्गत वाद, प्रतिवाद र संवाद हुन्छ । जुन अवस्था स्थिर छ र त्यसको अध्ययन गर्नुलाई वाद भनिन्छ । स्थिर अवस्थाको विरोध गर्नु प्रतिवाद हो र वाद र प्रतिवाद यी दुवै अवस्थाका बिचबाट तेस्रो अवस्थाको जन्म हुनु संवाद हो ।

बुद्धिजीविहरु अध्यारोमा प्रकाश छर्ने मैनवत्ती जस्तै हुन् । जसले ज्ञानको माध्यमबाट अन्याय र अत्याचारको जालोलाई चिर्दै सुशासन, सामाजिक न्याय र समानतामूलक समाजको स्थापनामा संघर्षरत हुन जनतालाई सचेत, र संगठीत गर्दै सैदान्तिक र व्यवहारिक रुपमा भरोसायोग्य कदम चाल्दछ ।

यसबाटक् बुझिन्छ भने अन्तर्विरोधको बिचबाट नै नयॉ वस्तुको विकास हुन्छ । हरेक वस्तुहरुमा परस्पर विरोधी तत्वहरु रहने गर्दछन् । ती वस्तुहरुमा रहेको विरोधी ततवहरुको अन्तःसंघर्षबाट नै नयॉ चिजको विकास हुन्छ । पुरानो चिजको अन्त्य हु‘दै जान्छ र त्यसको गर्भबाट नयॉको उदय भइरहेको हुन्छ । एङ्गेल्सको द्वन्द्ववादको नियमहरुको विश्लेषण गर्दा त्यो कुरा प्रष्ट हुन्छ । जस्तो कि —
१. प्रतिपक्षहरुको एकत्व र सङ्घर्षसम्बन्धी नियम, २. परिणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम, ३. नकारको नकारसम्बन्धी नियम । यी तीनवटै नियमहरुका आधारमा नै सम्पूर्ण जीव तथा जगत्को व्याख्या गरिन्छ । निम्न स्तरबाट उच्च स्तरतर्फ र सरलबाट जटिलतातर्फ आवश्यक्ताअनुसार फड्को मार्दै अझ अर्को शब्दमा क्रान्तिकारी प्रक्रियाका साथ परिवर्तन भइरहन्छ ।

ज्ञान उत्पादनले वैज्ञानिक अनुसन्धान र निष्कर्षहरूको प्रसारको माध्यमबाट नयाँ ज्ञान र समझको सिर्जना हुन्छ । हामीले ऐतिहासिक ज्ञान सिर्जना गर्न प्रयोग गर्ने उपकरणको रूपमा स्मृतिले महत्वपूर्ण भूमिका खेल्छ। धेरै समुदायहरू आफ्नो विगत सम्झन उत्सुक हुन्छन् र केही मानिसहरूलाई लाग्छ कि उनीहरूले मर्नु अघि ‘इतिहास बनाउन’ आवश्यक ठान्दछन् । भाषाले इतिहासको रेकर्डिङ र सामूहिक स्मृतिलाई जीवित राख्नमा महत्वपूर्ण भूमिका खेल्छ । ज्ञान धेरै तरिकामा उत्पादन गर्न सकिन्छ । अनुभवजन्य ज्ञानको मुख्य स्रोत धारणा हो, जसमा बाह्य संसारको बारेमा जान्न इन्द्रियहरूको प्रयोग समावेश हुन्छ । आत्मनिरीक्षणले मानिसहरूलाई उनीहरूको आन्तरिक मानसिक अवस्था र प्रक्रियाहरू बारे जान्न अनुमति दिन्छ । अनुभव, अधिकार, चलन र परम्परा, अनुमानात्मक र प्रेरक तर्क, र वैज्ञानिक विधि यी सबै माध्यमहरू ऐतिहासिक रूपमा समयसँगै विकसित भएका छन् । तर ज्ञान उत्पन्न गर्ने स्रोतको रूपमा प्रत्येकको आफ्नै सीमितताहरू छन् । नेपाली बुद्धिजीवीहरु दार्शनिक रुपमा प्रष्ट, व्यवहारिक रुपमा खरो र जनतामा आलोचनात्मक चेत जगाउन सचेत रहनु पर्ने अवस्था देखिएको छ । यस क्षेत्रमा प्राचीन कालमै कपिल मुनी र गौतम बुद्धले आदर्शवादी चिन्तन धाराको विरुद्धमा खरो उत्रेर द्वन्द्ववादी दर्शनको विकासमा योगदान पु¥याएको पाइन्छ ।

कसलाई बुद्धिजीवी भत्रे ?
बुद्धिजीवि भनेका तथ्यको आधारमा सत्यको खोज गरी जीवन र जगतको बारेमा ज्ञानको सिर्जना गर्ने अभियन्ता हुन् । जुन व्यक्ति सामाजिक विभेद, अन्याय, अत्याचार र शोषणको विरोध गर्दै सामाजिक न्याय र सामाजिक समानताको पक्षमा आवाज उठाउँछ र निरन्तर पीडित वर्गको पक्षमा पैरवी गर्ने शाहस गर्दछ त्यसलाई वास्तविक अर्थमा बुद्धिजीवी भनिन्छ । बुद्धिजीविहरु अध्यारोमा प्रकाश छर्ने मैनवत्ती जस्तै हुन् । जसले ज्ञानको माध्यमबाट अन्याय र अत्याचारको जालोलाई चिर्दै सुशासन, सामाजिक न्याय र समानतामूलक समाजको स्थापनामा संघर्षरत हुन जनतालाई सचेत, र संगठीत गर्दै सैदान्तिक र व्यवहारिक रुपमा भरोसायोग्य कदम चाल्दछ । मानव जीवनमा विचार र व्यवहारको निकै महत्व छ । एक विचारले व्यवहारलाई बदलिदिन्छ र एउटा व्यवहारले विचार । सैदान्तिक रुपमा प्रष्ट नभएको व्यक्तिले वोलेको र गरेको कार्य अध्यारोमा ढुङ्गा हात्रु सरह हो । यसले कुनै निशानामा मार हात्र सक्दैन । हाम्रो लागि अहिले पनि जैविक बुद्धिजीवीहरुको खॉचो अझै छ ।

जैविक बुद्धिजीवीहरू, विशेष गरी परम्परागत रूपमा गैर–बौद्धिक वर्गहरूबाट आएका व्यक्तिहरू हुन् जो एक विशेष सामाजिक वर्गबाट देखा पर्छन् र सम्बन्धित रहन्छन् । उनीहरूले सामूहिक चेतना र सम्भावित रूपमा चुनौतिपूर्ण प्रमुख विचारधारालाई बढावा दिँदै आफ्नो वर्गको चासो र दृष्टिकोणलाई व्यक्त गर्छन् । सामाजिक वर्गहरूबाट अलग देखापरेका “परम्परागत बुद्धिजीवीहरू” विपरीत, जैविक बुद्धिजीवीहरू आफ्नो वर्गभित्र गहिरो रूपमा समाहित हुन्छन् र यसका सङ्घर्षहरूमा सक्रिय रूपमा भाग लिन्छन् । यीनीहरुले नै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै समाजवादको प्रबद्र्धन गर्न सैदान्तिक र व्यवहारिक दुवै पक्षमा सकारात्मक भूमिका खेल्नु पर्ने देखिन्छ । समाज रुपान्तरणमा जैविक बुद्धिजीवीहरूको गहन दायित्व हुन्छ । कहिल्यै पनि आधारभूत वर्ग किसान, मजदूर, सुकुमवासी, दलित, फरक क्षमता भएका व्यक्ति, महिला, युवा तथा अन्य विभेदमा परेका तह तथा तप्काको पक्षमा निरन्तर आवाज उठाउन चुक्नु हु‘दैन । तर कुरा कम्युनिष्ट आचारणको व्यवहार चाहीं वुर्जुवा तथा दलाल पूँजीपत्ति वर्गको जस्तो दोहारोे चरित्र अप्नाउने भूल गर्नु हुँदैन ।

नेपाली समाजमा बुद्धिजीवीहरूको अवस्था
नेपाली समाजमा बुद्धिजीवीहरूको इतिहास क्रमिक विकासको प्रक्रिया हो, जुन सुरुमा संस्कृत विद्वत्तामा निहित थियो र पछि आधुनिकता र राजनीतिक परिवर्तनको प्रभावले आकार दियो । सुरुमा, बौद्धिक गतिविधि मौलिक रचनात्मक कार्यको सट्टा टिप्पणी र अनुवादमा जोड दिएर धार्मिक र दार्शनिक ग्रन्थहरूमा केन्द्रित थियो । निरङ्कुस राणा शासनको अलगाववादी नीति र शिक्षामा सीमित पहुँचले अधिक विविध र आलोचनात्मक बौद्धिक परिदृश्यको विकासमा बाधा पु¥याको थियो । सन् १९५१ मा राणा शासनको अन्त्यले बौद्धिक र सांस्कृतिक गतिविधिको युगको सुरुवात गर्दै एउटा महत्वपूर्ण मोड लियो ।यसलाई विभिन्न चरणमा वर्गीकरण गर्न सकिन्छ —
प्रारम्भिक अवधिः संस्कृत छात्रवृत्ति र सीमित आधुनिकीकरण

संस्कृत परम्पराः नेपालसँग संस्कृत पाण्डित्यको लामो र समृद्ध परम्परा छ । यस अवधिका बुद्धिजीवीहरूले धार्मिक, दार्शनिक र साहित्यिक ग्रन्थहरूमा ध्यान केन्द्रित गरे, जसले टिप्पणी र अनुवादमा बढी जोड दिएको पाइन्छ ।

सीमित आधुनिकीकरणः दुर्गम नेपाली भूभाग र राणा शासनका नीतिहरूले गर्दा नेपाली समाज तीव्र गतिमा विकास हुन सकेन । अझ यस शासन प्रणालीले त नयाँ विचारहरूको प्रसारलाई सीमित ग¥यो । केही परिवर्तनहरू सहरी क्षेत्रहरूमा पुगे पनि ग्रामीण क्षेत्रहरू धेरै हदसम्म अलग–थलग रहेको पाइन्छ ।

भारतीय जागरणको प्रभावः भारतमा ब्रिटिस शासनले अप्रत्यक्ष रूपमा नेपाललाई प्रभाव पारेको भए पनि यसले भारतमा जस्तै आधुनिकीकरण र बौद्धिक जागरणको समान स्तरको नेतृत्व भने विकास गर्न सकेको पाइदैन ।

पोस्ट–राणा अवधिः विकास र विविधीकरण
निरङ्कस राणा शासनको अन्त्यः सन् १९५१ मा राणा शासनको अन्त्यले राजनीतिक र नागरिक स्वतन्त्रता ल्यायो, जसले अझ बढी बौद्धिक र सांस्कृतिक प्रयोगको लागि दोका खोल्यो । एक सय चार वर्ष लामो राणा शासनमा नेपाल हरेक दृष्टिले पछि प¥यो । यसलाई नेपालको इतिहासमा अन्धकारको युग भनिन्छ ।

पञ्चायती शासनको अवधिः यस युगमा पनि केही खुकुलो अवस्था देखिए पनि राजाको गुणगान गाउने, राजदरवारको छत्रछायामा मात्र काम गर्ने बुद्धिजीविहरु मात्र मौलाएका पाइन्छ । यस व्यवस्थामा सच्चा लोकतन्त्रको अभ्यास हु‘न सकेको थिएन । आलोचनात्मक चेत भएका बुद्धिजीविहरु भूमिगत रहनु पर्ने स्थिति थियो । कुनै पनि सचेत नागरिकले स्वतन्त्र रुपमा आफ्नो विचार व्यक्त गर्ने अधिकार कुण्ठति थियो । व्यवस्थाको विरोध गर्नेहरुलाई अराष्ट्रिय तत्वको विल्ला भिराई कार्वाही गरिन्थियो ।

नयाँ संस्थाहरूको उदयः यस अवधिमा पुस्तकालय, विद्यालय, कलेज, राजनीतिक दल र महिला सङ्गठन जस्ता नयाँ संस्थाहरूको उदय भयो ।

बौद्धिक प्रवचनको विस्तारः कमल पी मल्लले आफ्नो सन् १९७० को निबन्धमा बौद्धिक र सांस्कृतिक अवसरहरूको महत्वपूर्ण विस्तारलाई उजागर गर्दै सन् १९५० पछिको दशकलाई “बहिर्मुखी” र “सबै विचारहरूको विस्फोट” को रूपमा वर्णन गरेका छन् । यो अवस्था वि.सं. २०४६ सालको जनअन्दोलनमार्फत वहुदलीय लोकतन्त्रको वहाली पछि मात्र फस्टाएको हो ।

राष्ट्रिय पहिचानमा ध्यान केन्द्रितः एक अनुसन्धानअनुसार बुद्धिजीवीहरूले नेपाली राष्ट्रिय पहिचानको उजार गर्न जुझ्न थाले । यी सङ्घर्ष प्रायः साहित्यिक र ऐतिहासिक आख्यानहरूमा आधारित थिए।

संघीय लोकतान्त्रिक गणतन्त्रको युगः संघीय लोकतान्त्रिक गणतन्त्रको युग पछि मात्र नेपालमा स्वतन्त्र रुपमा बुद्धिजीवीहरूले आफ्नो विचार निर्माण, प्रकाशन, विभिन्न विद्यामा कलम चलाउन सक्ने अवस्था सिर्जना भयो । वि.सं. २०६२/०६३ को संयुक्त जनआन्दोलन र माओवादी जनयुद्धको फ्युजनबाट संघीय लोकतान्त्रिक गणतन्त्रीक व्यवस्थाको स्थापना भएको हो । नेकपा माओवादी पार्टीको नेतृत्वमा सञ्चालित जनयुद्धले तीन महान कार्य गरेको छ । ती हुन् देश व्यापी जनचेतनाको उभार, राजतन्त्रको अन्त्य, र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना । यो नेपालको इतिहासमा युगान्तकारी परिघटना हो जसले सामन्तवादी सामाजिक संरचना भत्काई दिएको छ र नयॉ युगको शुरुवात गरेको छ । तर कतिपय बुद्धिजीवीहरूले यस्तो युगान्तकारी परिवर्तनलाई आत्मसात गर्न सकेको देखिदैन । अझ यथास्थितिवादी शक्तिले त आफ्नो मुटुमै ढुङ्गा प्रहार भएको महशुस गरेको छ । कतिपय राजनीतिक शक्ति पनि यस्तो युगान्तकारी राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन प्रति मन नलागि नलागी समर्थन गरिरहेको अवस्था छ । तर इतिहासको गति पछि फर्कने छैन । जनता जागृत भइसकेका छन् । अब कुनै पनि ताकतले यो परिवर्तनको वेग रोक्न सक्ने छैन । तर अर्गगामी शक्ति पनि परिवर्तको संस्थागत विकास गर्न सधैं सचेत, संगठीत र संघर्षरत रहनै पर्छ ।

दलाल पूँजीपति वर्गको गोलचक्करःदलाल पुँजीवाद भनेको स्वदेशी उत्पादन क्षमताको अवमूल्यन गर्दै, विदेशी प्रभुत्वलाई सहज बनाउने खालको नेपालको अर्थतन्त्रमा गहिरिएको एक संरचनात्मक समस्या हो । जहाँ स्थानीय पुँजीपति वर्ग विदेशी कम्पनी, लगानीकर्ता वा साम्राज्यवादी शक्तिहरूसँग साँठगाँठ गरेर आफ्नो लाभ सुनिश्चित गर्छन् । उनीहरुको जोड उत्पादन वा रोजगारी सिर्जना गर्न केन्द्रीत नभई विदेशी पुँजीलाई सहज पहुँच दिन्छन् र त्यसैका माध्यमबाट लाभ उठाउँछन् ।

नेपाल दलाल पूँजीपति वर्गको गोलचक्करमा फसेको छ । पूरै अर्थतन्त्र उनीहरुकै हातमा परेकाले याहॉ उद्योग व्यवसायको विकास हुन सकिरहेको छैन । यसबाट मुक्त हुनका लागि जनताको सक्रिय सहभागीतामा कृषिमा व्यवसायीकीकरण, आयत प्रतिष्थापन गर्ने साना तथा मझौला उद्योगको व्यापक पैमानामा स्थापना, जलस्रोतको भरपूर उपयोग, खानीजन्य पदार्थको उत्खनन् तथा प्रशोधन, पर्यटन विकास, खेलकूद क्षेत्रमा व्यापक विकास, गुणस्तरिय प्राविधिक उच्च शिक्षाको विकास, सूचना प्रविधिको केन्द्र आदिको विकासमा जोग दिएर युवा जनशक्तिलाई देशभित्रै रोजगारी सिर्जना गर्नु पर्ने देखिन्छ । देशभक्त तथा प्रगतिशील शक्तिहरु श्रममा आधारित संस्कृतिको विकास, स्वरोजगारी, एक गाउ‘ एक उत्पादन, उत्पादित वस्तुको मूल्य श्रृङ्खलामा आधारित बजारीकरण र स्वदेशी उत्पादनको प्रयोग गर्नमा जोड दिनु पर्ने देखिन्छ । आचार र विचारमा तालमेल गरी उच्च नैतिकता, कडा अनुशासन र सादा जीवनशैली अप्नाउने बानी बसल्नाले जनताको विश्वास आर्जन गर्न सकिन्छ । आखीरमा विदेश जानेहरुले पनि त्यहॉ श्रम नै गरेर जीविका चलाउने हुन भने किन आफ्नै देशमा पसिना नबगाउने ? अरुको देशमा केही धेरै तलवमा नोकर हुनु भन्दा आफ्नै देशमै थोरै कमाएर भए पनि मालिक हुनु धेरै सम्मानजनक कुरा हो ।

चुनौतीहरु
यूरोसेन्ट्रिक प्रभावहरूः आजकाल नेपाली समाजमा यूरोपियन प्रभाव धेरै परेको देखिन्छ । केही विद्वानहरूले समाज विज्ञानका विभिन्न संकाय र अन्य क्षेत्रहरूमा यूरोसेन्ट्रिक दृष्टिकोणहरूको प्रभुत्वको आलोचना गरेका छन् । नेपाली बुद्धिजीवीहरुले रैथाने ज्ञान र परिप्रेक्ष्यहरू समावेश गर्नु पर्ने कुरामा जोड दिन थालेको पाइन्छ । यो निश्चय नै राम्रो कुराको थालनी हो । धेरै शैक्षिक संस्थाहरुमा अंग्रेजी भाषाको व्यापक प्रयोग भइरहेको देखिन्छ । यही गति रही रहने हो भने नेपाली भाषा लगायत अन्य धेरै राष्ट्रिय भाषाहरु संकटमा पर्ने देखिन्छ । यस कुरामा नेपाल सरकार, बुद्धिजीवी वर्ग र नेपाली जनसमुदाय सचेत हुनु पर्ने देखिन्छ । मातृ भाषा लोप भयो भने राष्ट्रिय पहिचान, रैथाने ज्ञान, मौलिक संस्कृति र सभ्यता पनि गुम्ने छ ।

संस्कृत छात्रवृत्तिको निरन्तर प्रासंगिकताः बौद्धिक परिदृश्य विविधीकरण भए पनि, संस्कृत विद्वत्ताले साहित्यिक र ऐतिहासिक आख्यानहरू दुवैलाई प्रभाव पार्दै अध्ययनको महत्वपूर्ण क्षेत्र बन्न जारी राख्यो ।
साँघुरो घेराका रूपमा बुद्धिजीवीहरूः केही टिप्पणीकारहरूले नेपाली बुद्धिजीवी वर्गलाई कहिलेकाहीँ आर्थिक र सामाजिक सीमाहरूको सामना गर्ने सीमान्तकृत समूहको रूपमा हेर्न सकिन्छ भनेर टिप्पणी गरेका छन् । अहिलेको राजनीतिक, आर्थिक तथा सामाजिक परिदृश्यमा बुद्धिजीवीहरु केही राजनीतिक दल, समूह र सम्प्रदायमा सीमित भएको कुरा सुनिदै, देखिदै र भोग्दै आइएको छ । बुद्धिजीवी वर्गले संघीय लोतान्त्रिक गणतन्त्रमा फराकिलो विचार, सामाजिक न्याय र समानताको पक्षमा उभिएर विपन्न तथा गरिव वर्गको आर्थिक—सामाजिक रुपान्तरणमा कलम चलाउनु पर्ने आवश्यक्ता छ ।

निष्कर्ष
ज्ञान आर्जनमा अध्ययन, अनुसन्धान र त्यसको गहिरो विश्लेषणको आवश्यक्ता पर्दछ । प्रकृति विज्ञान भन्दा समाज विज्ञान धेरै परिर्वनशील छ र समय, परिस्थिति, स्थान र मानिसको चेतना स्तर अनुसार परिवर्तनशील हुन्छ । समाज विकासको गति अनुसार मानिसका आवश्यकता र प्राथमिक्ताहरुमा पनि वदलाव आउँछ । विश्व नै गाउँमा परिणत भएको परिवेशमा बुद्धिजीविहरु रोजगारी तथा अवसरको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा वसाई सराई गर्दछन् । तर जहाँ गए पनि मानिस सामाजिक प्राणी भएकोले विश्व समाजको शक्ति सम्बन्ध भन्दा बाहिर रहन सक्दैन् । मानिस विचारले निर्देशित हुन्छ । त्यसैले जुन ठाउँमा बसोवास गरे पनि बुद्धिजीविहरु पनि कुनै न कुनै वैचारिक आस्थाबाट प्रभावित नभई रहन सक्दैनन् र वर्गीय पक्षधर हुन्छन् नै । समाज रुपान्तरणमा बुद्धिजीविहरुको भूमिका अहंम् हुन्छ । बुद्धिजीविहरुले समाजलाई सही बाटो देखाउनु पर्छ र सत्यको पक्षमा अडिग रहन सक्नु पर्छ । जिन्दगी संघर्ष हो, थाक्दा खेरी आराम मात्र गर्ने हो तर हारेर कहिल्यै बस्नु हुँदैन् । अहिले धेरै जसो बुद्धिजीविहरु ‘जता मल्खु उतै ढल्कु’ भने जस्तै व्यवहार गरेको सुनिन्छ, देखिन्छ र अनुभव गरिन्छ । यस्तो अवसरवादी व्यवहारले बुद्धिजीविहरुको चरित्र र इमानदारीताप्रति नेपाली समाजमा प्रश्न उठ्ने गरेको छ । धनभन्दा ज्ञान उत्तम हुन्छ किनकी, धनको रक्षा हामीले गर्नुपर्छ भने ज्ञानले हाम्रो रक्षा गर्दछ । पढाई त बस बाहिरी संसारको ज्ञानको लागि मात्र हो, जिन्दगी जिउन परिस्थिति र शंघर्षशील भोगाईले सिकाउँछ ।
विज्ञानका नियमहरु विश्वव्यापी हुन्छन् र आफ्नो गति अनुसार चलिरहे जस्तै बुद्धिजीविहरुले पनि सही ज्ञानको पछि लाग्न र नविनतम खोजमा तल्लीन हुनैपर्छ । व्यवहार नै सत्यताको कसी हो, अनुशासन नै सही बाटोमा हिडाउने आधार हो भने मूल्य मान्यता तथा वैचारिक आस्था असल मानिसको लागि मार्ग दर्शन प्रदान गर्ने नैतिक वल हो । निरन्तर उत्पादनको लागि शंघर्ष, वैज्ञानिक प्रयोग र समतामूलक तथा न्यायपूर्ण समाजको सिर्जनाको लागि गरीने संघर्षबाट नै मानिस खारिदै जाने हो । हतियार प्रयोग गरिएन भने खियाले खान्छ, त्यस्तै मानिस पनि शंघर्षबाट विमूख भयो भने बोधो हुन्छ । मानिसको जीवन नै संघर्षशील गतिमा आधारित छ । माक्र्सवाद एउटा गतिशील वैज्ञानिक दर्शन हो । देश, काल र परिस्थिति अनुसार माक्र्सवादको सिर्जनात्मक प्रयोगको कमीले गर्दा आज समाजवादी आन्दोलनमा शिथिलता आएको हो । वर्तमान समाजको ठोस परिस्थितिको सटीक विश्लेषणको आधारमा परिवर्तनकारी बुद्धिजीविहरु अघि बढ्न आवश्यक छ । अहिलेको दुनियाँमा सूचना नै ज्ञान हो, ज्ञान नै शक्ति हो । वर्तमान विश्व ज्ञानमा आधारित शक्तिको भरमा नै चलेको छ । त्यसैले नविनतम वैज्ञानिक ज्ञानको खोजीमा राज्यले लगानी बढाउनु पर्छ । कुनै पनि वादको अन्धभक्त समर्थन र दार्शनिकका तस्विर पूजा गर्ने परम्पराले ज्ञानको मृत्यु हुन्छ । समाजमा जती वाद, विवाद र संवाद चलाउन सक्यो त्यत्ति नै ज्ञान खारिदै र मौलाउदै जान्छ अनि यसको सिर्जनात्मक प्रयोगले नविनतम सिद्धान्त र दर्शनको उच्चतम् विकास हुदै जान्छ । अहिले हामी बाँची रहेको वर्तमान समाजमा यस्तो चिन्तनको खडेरी छ ।

‘ज्ञानको सबैभन्दा ठूलो शत्रु भनेको अज्ञानता हैन, ज्ञानको भ्रम हुनु हो ।’ तत्वदर्शी महापुरुषले साधनाबाट आत्मज्ञान प्राप्त गरेर मानव कल्याणमा होमिएका दृष्टान्त हाम्रा पूर्वीय हिमाली दर्शनमा प्रशस्त छन । आध्यात्मिक प्रगतिको बाटो आध्यात्मिक साधनाबाट खुलेझै भौतिक प्रगतिको बाटो अनुसन्धान र विकासबाट खुल्छ । जहाँ अँध्यारो हुन्छ, त्यहाँ उज्यालो पु¥याउ‘ने अवसर सिर्जना गर्नुपर्छ । हामी जुन धरातलमा उभिएका छौँ, त्यहाँबाट अघि बढ्नलाई तथा गन्तव्यमा पुग्नलाई हामी बाटो तय गर्न सक्षम छौँ या छैनौँ भन्ने कुराले धेरै कुरा निर्धारण गर्छ ।

अनुसन्धान र विकास अहिलेको विश्व परिवेशमा प्राथमिकतामा परेको अवधारणा हो । अहिले जसलाई पनि नयाँपन चाहिएको छ, प्रतिस्पर्धामा अब्बल ठहरिन परेको छ, अनि अरूले नदेखेका बाटाहरू पहिल्याउनु परेको छ । असली खुशी त त्यतिवेला आउँछ, जतिवेला हामी आफ्नै बाटो पहिल्याउन सक्छौँ र अरूलाई पनि हाम्रो नवीनताको बारेमा उदाहरण दिन सक्छौँ । मनको लड्डु घ्यूसँग खाने भनेझैँ यो त्यत्तिकै आउने चिज होइन । यसका लागि त अनुसन्धान र विकास राज्यको व्यापक प्राथमिकतामा पर्नुपर्छ  । यो प्राथमिकता यससँग सम्बन्धित योजना, रणनीति र लगानीमार्फत प्रकट हुने गर्दछ । जहाँ कुचो पुग्दैन त्यहाँ कसिङ्गर रहन्छ भने जस्तै बुद्धिजीविहरुले नकारात्मक कुराबाट बच्ने र सकारात्मक पक्षको प्रवर्धन गर्न आफ्नो बुद्धि र विवेकको प्रयोग गर्ने संस्कार विकास गर्नु पर्छ । अस्तु ।

 

वि.सं.२०८२ साउन २७ मंगलवार २०:१८ मा प्रकाशित

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

चन्दा भुसाल, बुटवल । तिलोत्तमा नगरपालिकाले अघि सारेको “सडक मानवमुक्त”...

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दाको फर्छौट न्यायिक प्रणालीको प्रभावकारीता मापन गर्ने महत्वपूर्ण आधार...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...

आत्मविश्वासले मानिसलाई सफलतातिर डो¥याउँछ

आत्मविश्वासले मानिसलाई सफलतातिर डो¥याउँछ

आत्मविश्वास भनेको व्यक्तिको आफ्नै क्षमता, निर्णय र मूल्यमाआधारित यथार्थवादी विश्वास...